मन्त्री अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा प्रदर्शनी केन्द्रमा

निर्माण सञ्चार, पोखरा । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरा लगिएको छ ।

उनको शव श्रद्धाञ्जलीका लागि प्रदर्शनी केन्द्रमा राखिएको छ । उनलाई बुबा इन्द्र र आमा लक्ष्मीले भक्कानिँदै पुष्प गुच्छा चढाएका छन् ।

श्रद्धाञ्जलीका लागि सयौं पोखरेली प्रदर्शनी केन्द्रमा भेला भएका छन् ।

मन्त्री अधिकारीलाई श्रद्धाञ्जलीका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी पोखरा आएका छन् ।

त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश सरकारका मन्त्रीहरु पनि श्रद्धाञ्जली दिन आएका छन् ।

 

...

शुक्रबार, १७ फागुन, ०७५

प्रतिक्रिया

Related