जुम्ला डोल्पा जोड्ने पक्की पुल ८ वर्ष देखि अलपत्र

एकै पुलको दुई पटक डिजाईन
निर्माण सञ्चार, जुम्ला । जुम्ला देखि डोल्पा जिल्लालाई जोड्ने पक्की पुल वर्षौ देखि अलपत्र अबस्थामा छ ।

चन्दननाथ नगरपालिका – १ दानसाँघमा विगत ८ वर्ष देखि निर्माण भईरहेको पक्की पुल अलपत्र अवस्थामा छ ।

६० मिटर लम्बाइ रहेको यो पुल २०६८ असार १५ बाट निर्माण कार्य थालनी गरिएको थियो ।

जुम्ला हुदै डोल्पा जोड्ने दाँनसाघु पक्की पुलमा संघियता नआउदै, केन्द्रिय सरकारले करोडौ बजेट दियो ।

तर कहिले ठेगेदारको लापरबार्हि, कहिले प्राविधिक स्टमेटको कमजोरी, कहिले चिसोमा सिमेन्टको काम नहुने भन्दै, आठ वर्ष वितिसक्दा समेत, तीन वटा स्ल्याब मात्रै हालिएको छ भने, अझै एक हाल्न बाँकी नै छ ।

पुल निर्माणका लागि विभिन्न चरणमा भएका सम्झौता बाट पनि यसले पुर्णता पाउन सकेन ।

२०६८ पछि, पुनः २०७१ साल असार मसान्तसम्म सम्पन्न गर्ने ठेकदार सँग सम्झौता गरियो ।

तर दोस्रो सम्झौता गरेको ५ वर्ष बितिसक्दा पनि पुल अलपत्र अबस्थामै छ ।

२०७२ सालमा तत्कालीन प्रमुख इन्जिनियर हरिप्रसाद शर्माले उक्त पुलको डिजाइन फेल भएको जनाइए पछि निर्माण कार्य बीचमै अबरोध भयो ।

पुल निर्माण कम्पन्नीका एसबिए बन्धन भगवती पृथ्वी जेभी बत्तीसपुलती काठमाडौँका प्रोपाइटर तारासिंह कठायतले भने,प्राविधिकको कमजोरीको कारण एका तर्फ पुल निर्माण ढिला भयो ।

अर्को तर्फ आर्थिक समस्या चुलिदै गयो ।

परिणाम स्वरुप पुल अलपत्र भएको उनको भनाई छ ।

जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख इन्जिनियर हिक्मतबहादुर महतले पुलको डिजाइन जिल्ला तहबाट नभएको बताए ।

उनले भने, डिजाइन गर्दा नै विस्तृत अध्यया नभएको र छुट्टै कन्सल्ट्यान्सीले आफ्नो मनमानी अनुसार स्टमेट गर्दा समस्या भएको महतको दाबी छ ।

२०६८ साल बाट तीन सल्याब हालुन्जेल झण्डै ५ देखि ७ करोड बढि बजेट खर्च भईसकेको छ ।

तर अझै पनि पुलले पुर्णता पाउन नसक्नु, दुखद पक्ष हो उनले भने ।

उनका अनुसार अझै पनि यसलाई अन्तिम रुप दिन ५ करोड भन्दा बढि बजेट आबश्यक पर्ने दखिन्छ ।

२०७८ देखि ७२ सम्म गरिएको पुलको डिजाइन फेल भएपछि पुन त्यसको डिजाइन गरेर बल्ल आधा काम भएको छ ।

पहिला निर्माण गरिएका पिल्लरको डिजाइन फेल भएको थियो ।

जसले गर्दा एउटै पुल निर्माणका लागि दोहोरो खर्च गर्नु परेको छ ।

जसका कारण दोस्रो पटक फेरी करोडौ खर्च गरी निर्माण गर्नु पर्यो ।

करोडौ खर्च गरी पहिला गरिएको डिजाईन नमिलेको भन्दै, रद्द गरेपछि, पुल निर्माण दोस्रो डिजाईन अनुसार गर्दा, स्वतह सम्झौता मिति भन्दा पछि धकेलिएको जिल्ला प्राविधिक कार्यालय जुम्लाले जनाएको छ ।

अझै पुल निर्माणको ६५ प्रतिशत काम बाँकी नै छ ।

यति बेला गाडी गुडिसक्ने पुलमा प्राविधिकको डिजाईन गडबडीले गर्दा, नदीमा जोखिम मोलेर गुठिचौर गाउँपालिकाका स्थानीयहरु सवारी चलाउन्छन् ।

केन्द्रीय सरकारको बजेटमा पुल बनेको र संघीयता पछि बजेट विनियोजन नभएपछि पुल अलपत्र अबस्थामै रहेको छ ।

मन्त्रालयले अघिल्ला वर्षमा करोडौँको आयोजनाका लागि न्यून बजेट विनियोजन गरेकाले निर्माण कार्य ढिलाइ भएको प्रमुख इन्जिनियर महतको भनाई छ ।

अब प्रदेश सरकारले यसमा विशेष चासो देखाएको छ । आबश्यक बजेट छुटाएमा चाडै निर्माण कार्य अघि बढाईने निर्माण कम्पन्नीले बताएको छ ।

 

 

...

सागर परियार

सोमबार, ०६ फागुन, ०७५

प्रतिक्रिया

Related