प्रधानमन्त्री ओलीको जन्मदिनः कोमल ओलीबाट आयो सांगीतिक शुभकामना !

निर्माण सञ्चार, काठमाडौं । यतिबेला आफ्नो उमेरको ६७ वर्षमा लागेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको शुभकामना दिनेहरुको सामाजिक सञ्जालमा घुइँचो देखिएको छ ।

त्यो घुइँचोभित्र टाढैबाट देख्न सकिने आकृति बनेकी छन् नेकपा नेतृ तथा सांसद कोमल वली ।

कलाकारिताबाट विशेष गरी लोकगीत मार्फत् आफूलाई चिनाउन सफल गायिका वलीले प्रधानमन्त्री ओलीलाई दिएको शुभकामनाका शब्दहरुमा पनि लोकलय नै देखिन्छ ।

गायिका वलीले व्यक्त गरेको उक्त शुभकामना शब्दमा प्रम ओलीलाई विशेष गरी स्वास्थ्यसँग जोडिएर भावना व्यक्त भएको छ ।

दोस्रो ‘गीतीगुच्छा’मा गायिका वलीले प्रम ओलीलाई स्वास्थ्य सबल हुनका लागि आहार, विहार र शयनको समयमा ख्याल राख्न आग्रह गरेकी छन् ।

त्यस्तै, आफू स्वस्थ्य रहेमात्र नेपाली जनताको सपना साकार हुन सक्ने भावना व्यक्त गर्दै सांसद वलीले प्रम ओलीलाई सपना पूरा हुने र जनतासँगको प्रीत अमर हुने भाव समेत व्यक्त गरेकी छन् ।

हिमवत खण्ड साहित्य सम्मेलनताका च्रन्दागिरिमा प्रधानमन्त्री ओलीले लेखेको कवितामा झल्किएको देशको माया र समृद्ध नेपाल सुखी नेपालीको भावना उनको शुभकामनामा प्रतिबिम्बित भएको छ ।

कोमल वलीले आफ्नो सामाजिक सञ्जालमा भनेकी छन्–

तिम्रो जन्मदिनमा सिर्फ सुस्वास्थ्यको शुभकामना छ उपहार !

देश र जनताले दिएको उपहार सदासर्वदा तिमीले स्विकार !!

आहार विहार अनि शयन समयको बानी केही सुधार !

अनि पार्न सक्नेछौ सुखी नेपाली सम्वृद्ध नेपालको सपना साकार !!

चन्द्रागिरीको चचुरोबाट लेखेको सुन्दर त्यो तिम्रो गीत !

पुरा हुनेछ तिम्रो सपना अमर रहनेछ जनतासंगको प्रीत !!

 

 

तस्वीर स्रोतः कोमल वलीको सामाजिक सञ्जाल

...

बुधबार, ८ फागुन, ०७५

 

प्रतिक्रिया

Related