नियन्त्रण रेखामा भारतद्वारा फेरि आक्रमणः ४ को मृत्यु

निर्माण सञ्चार, एजेन्सी । मंगलबार राति भारतीय सेनाले सीमा क्षेत्र पार गरी पाकिस्तानमाथि फेरि आक्रमण गरेका छन् ।

भारतीय सेनाको आक्रमणबाट चार जनाको मृत्यु भएको समाचार छ । उक्त बालाकोट क्षेत्रमा भारतीय वायुसेनाले आक्रमण गरेको थियो ।

उक्त अक्रमणपछि काश्मिर सीमा क्षेत्रमा तनाव बढेको छ ।

गए राति कोटली जिल्लामा भारतीय सुरक्षाकर्मीले पुनः आक्रमण गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । आक्रमणमा तीन महिला र एक बच्चासहित चार जनाको मृत्यु भएको बिबिसीलाई उद्धृत गरी बताइएको छ ।

आक्रमणपछिको अन्य अवस्था अझै अज्ञात नै छ ।

उता अघिल्लो दिनको आक्रमणको प्रतिक्रिया दिदै पाकिस्तानले आफू पनि जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएको थियो ।

आरोप प्रत्यारोप 

यो युद्धमा भारत र पाकिस्तान दुवैले एकअर्कालाई काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा संघर्ष विराम गर्ने सहमतिको उल्लंघन गरेको आरोप लगाएका छन् ।

भारत प्रशासित काश्मिरको पुलवामा १४ फेब्रुअरीमा केन्द्रीय रिजर्भ पुलिस बलको अड्डामा चरमपन्थी आक्रमणपछि दुई देशबीच तनाव चुलिएको हो ।

उक्त आक्रमणमा भारतका ४० भन्दा बढी सैनिक मारिएका थिए । जवाफमा भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको थियो ।

उक्त आक्रमणमा भारतले चरमपन्थी संगठन जैस–ए– मोहम्मदको अड्डा ध्वस्त भएको दाबी गरेको थियो ।

तर, भारतीय भनाइको खण्डन गर्दै पाकिस्तानले भने भारतीय आक्रमण पाकिस्तानले जंगल क्षेत्रमा गरिएकाले कुनै भौतिक र मानवीय क्षति नभएको बताएको थियो ।

 

 

 

...

बुधबार, १५ फागुन, ०७५

 

प्रतिक्रिया

Related