काश्मिरमा दुर्घटनाग्रस्त भारतीय लडाकू विमान, पाकिस्तानले गिराएको दाबी

निर्माण सञ्चार, एजेन्सी । गएराति भारतीय वायुसेनाले गरेको आक्रमण पछि एउटा लडाकु बिमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

मिग–२१ विमान काश्मिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । उक्त विमान पाकिस्तानी पक्षले गिराएको पुष्टी गरेको छ । भारतीय पक्षले पनि आफ्नो विमान पकिस्तानी सेनाले खसालेको स्वीकार गरेको छ ।

विमान काश्मिरको कलान गाउँमा खसेको भारतीय सञ्चारमाध्यमहरुले नै पुष्टि गरेका छन् । दुर्घटनाबाट विमानमा रहेका दुई पाइलटकै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

त्यस अघि उक्त विमानले श्रीनगर बिमानस्थलबाट उडान भरेको जनाइएको छ । उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्किएको थियो ।

दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्वस्त भएको देखिन्छ ।

गएराति भारतीय वायु सेना लडाकु बिमानले पाकिस्तानी क्षेत्रमा प्रवेश गरी बम विष्फोट गराएको थियो । त्यसको भोलिपल्ट यो घटना भएको छ ।

भारत पाकिस्तान युद्ध चलिरहँदा २० दिनमा भारतका ५ विमान दुर्घटना भएको पाइएको छ ।

 

 

...

बुधबार, १५ फागुन, ०७५

 

प्रतिक्रिया

Related