फागुन ३० बाट ऋणपत्र जारी गर्दै एनएमबी बैंक, ब्याजदर १० प्रतिशत मात्रै

१२० करोड रकम, ६–६ महिनामा भुक्तानी व्यवस्था
निर्माण सञ्चार, काठमाडौं । यही फागुन ३० गतेदेखि एनएमबी बैंकले ऋणपत्र जारी गर्ने भएको छ । वार्षिक १० प्रतिशत ब्याज दिने गरी १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको बैंकले जानकारी गराएको हो।

कुल १ अर्ब २० करोड रुपियाँको ऋणपत्र निष्काशन गर्ने योजनामा बैंक रहेको छ ।

बैंकले जनाए अनुसार कुल ३ अर्बको ऋणपत्रमध्ये सर्वसाधारणका लागि भने १ अर्ब २० करोड रुपियाँ छुट्याइने छ ।

प्रति कित्ता १००० रुपियाँ दरमा सामूहिक लगानी कोषलाई ६० हजार कित्ता र सर्वसाधारणका लागि ११ लाख ४० हजार कित्ता छुट्याइएको बैंकको भनाइ छ ।

उसले आउने चैत ४ गतेसम्म उक्त ऋणपत्र बिक्री गर्ने छ ।

यदि पहिलो चरणमा बिक्री हुन सकेन भने ढिलोमा चैत १४ गतेसम्म निष्काशन र बिक्री खुला गर्ने छ । जस अनुसार सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्मका लागि आवदेन दिन पाउने छन् ।

बैंकले बताए अनुसार नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यको अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन पाइनेछ ।

ऋणपत्रधनीले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्न पाउने बैंकले बतायो । एनएमबीले यसअघि ५० करोड रुपियाँको ऋणपत्र निष्काशन गरेको थियो ।

७ प्रतिशत व्याज दरमा ५ वर्ष ६ महिना अवधिको लागि निष्काशन गरेको ऋणपत्रको अवधि २०७७ भदौसम्म रहेको छ ।

एनएमबी बैंक कर्जा प्रवाहमा लक्षित वर्गसम्म काम गर्ने गरी अन्य बैंकका तुलनामा अघि रहेको देखिन्छ ।
 
यस अघि पनि सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपाली अभियानमा सहयोग पुग्ने गरी बिना धितो पनि ऋण प्रवाहका विशेष प्याकेज नै ल्याएको थियो ।

त्यो कार्यक्रममा उसले के कति सफलता पायो, त्यसबारे समीक्षा होला, तर बैंक यस काम प्रति उत्साही भने देखिएको छ । 

 

...

मंगलबार, २१ फागुन, ०७५

 

प्रतिक्रिया

Related