आयो ‘इन्फ्रास्ट्रक्चर’ बैंक

सरकार र निजी क्षेत्रको सहकार्यमा बैंक, पूर्वाधार क्षेत्रका लागि सहयोगी हुने
निर्माण सञ्चार, काठमाडौं । नेपालमा पनि पूर्वाधार विकास लक्षित बैंक सञ्चालनमा आउने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नाउँबाट यो बैंक सञ्चालनमा आउन लागको हो, जसको बुधबारबाट औपचारिक कारोबार सुरु हुने छ ।

सञ्चालन अनुमति पाइसकेको यस बैंकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।

२० अर्ब रुपियाँ चुक्ता पुँजी रहेको बैंकमा १० प्रतिशत सरकारी लगानी रहकेको छ । यस बैंकका प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवालीलाई नियुक्त भएका छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २० अर्बमध्ये ४० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गर्ने योजना बनाएको बैंकले जनायो ।

उसले दिएको जानकारी अनुसार २० अर्बको ६० प्रतिशत अर्थात् १२ अर्ब रुपियाँ संस्थापक सेयर रहने छ। 

सरकार र निजी क्षेत्रको सहकार्यमा बैंक

बैंकमा सरकारसहित झन्डै तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्न छन् ।

बैंकको अवधारणामा नेपालका व्यवसायिक घराना विशाल ग्रुप, लक्की ग्रुप, आईएमई लगायतका समूह आवद्ध भएका छन् । बैंकमा कर्मचारी संचय कोष, नागरिक लगानी कोषको समेत सेयर छन् ।

पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी यो बैंक स्थापना भएको दाबी गरिएको छ ।

यसको स्थापना गर्न निजी क्षेत्र गत ३ वर्षदेखि गृहकार्यमा थियो। बैंकले स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गरी ऋण लिने, डिवेन्चर जारी गरी स्रोत परिचालन गर्ने, लिजिङ कारोबार गर्ने जस्ता नयाँ काम पनि गर्ने छ, जुन पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय तहको कारोबार हो ।

 

 

...

मंगलबार, २१ फागुन, ०७५

 

प्रतिक्रिया

Related