प्रधानमन्त्री ओली, सिके राउत एउटै मञ्चमाः सिके राउतले भने, ‘अब जनअभिमतको बाटो हिड्ने छु’

सरकार सिके राउत बीच ११ बुँदे सहमति राष्ट्रिय सभागृहबाट (लाइभ)
निर्माण सञ्चार, काठमाडौँ । आज राजधानी काठमाडौंमा एकाएक एक अनौठो परिघटना छायाँकन भएझै भयो ।

लगभग धेरैले थाहै नपाएको, पूर्व सूचना नभएझैं लाग्ने घटनाका रुपमा स्वतन्त्र मधेसको अस्तित्वका लागि लडिरहेका भनिएका सिके राउत प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चमा उभिए ।

राउतले आफूलाई शान्तिपूर्ण बाटोबाट राजनीतिक अवतरण गरेको घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा चन्द्रकान्त राउत (सीके) एकै मञ्चमा देखिए, जुन घटना सबैको चाखको विषय बन्न पुगेको हो ।

सिके राउतल राष्ट्र विखण्डनको मुद्दा छाडेर अखण्ड नेपाल स्वीकार्ने घोषणा गरेका छन् । एनले आफूलाई म”लधारको राजनीतिमा फर्किने घोषणा गरेका हुन् ।

राष्ट्रिय सभागृहमा आयोजित विशेष घोषणासभा कार्यक्रममा दुई पक्षबीच विभिन्न ११ बुँदे सहमतिमा सहमति भएको छ ।

आफूलाई बुद्धको देशमा जन्मेको बताउँदै सिके राउतले आफू अब शान्तिपूर्ण राजनीतिक बाटोबाट अघि बढ्ने समेत बताएका छन् ।

 

सम्बोधनको पूर्ण अंश सुन्न यहाँ क्लिक गर्नुहोस्

 

...

 

शुक्रबार, २४ फागुन, ०७५

 

प्रतिक्रिया

Related