सनराइज बैंकले ल्यायो नगद फिर्ता अर्थात् क्यास ब्याक योजना

५ सयदेखि १५ हजारसम्मको कारोबार गर्दा कति हुने छ क्यास ब्याक ?
निर्माण सञ्चार, काठमाडौं । सनराइज बैंकले डेबिट तथा क्रेडिट कार्डको कारोबारका लागि नयाँ योजना ल्याएको छ ।

बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार बैंकले भिसासँगको सहकार्यमा आफ्ना सम्पूर्ण डेबिट तथा क्रेडिट कार्डको कारोबारमा ५ सय रुपियाँदेखि एक हजारसम्म नगद फिर्ता (क्यास ब्याक) योजना लागु गरेको हो ।

यस योजना अन्तर्गत बैंकको कुनै पनि ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी POS वा Online मार्फत कारोबार गर्न सक्ने छ ।

उक्त कारोबारमा पाँच सय रुपियाँदेखि एक हजार रुपियाँसम्म नगद बैंकले उक्त ग्राहकको खातामा जम्मा गरिदिनेछ ।

बैंकले जारी गरेको विज्ञप्तिमा उक्त रकमको एइक् वा इलष्लिभ मा भएको कारोबारमा ५ सय क्यास ब्याक दिइने छ भने दश हजार रुपियाँदेखि पन्ध्र हजार रुपियाँसम्मको कारोबारमा सात सय ५० रुपियाँ क्यास ब्याक तथा पन्ध्र हजार रुपियाँभन्दा माथिको कारोबारमा एक हजार रुपियाँ क्यास ब्याक दिइने उल्लेख छ ।

यस योजनाले सन्राइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको बतााएको छ । यो कार्यक्रम मार्फत् बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्य राखेको छ ।

आजका दिनमा एक सय ३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा, ३ वटा एक्सटेन्सन काउन्टर, १ सय १७ वटा एटिएम मार्फत् आफ्ना ५ लाख बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले बताएको छ ।

 

 

 

...

शनिबार, २६ फागुन, ०७५

 

प्रतिक्रिया

Related