मनकामना मन्दिरको पुनर्निर्माण सम्पन्न, लाग्यो १८ केजी सुन !

साढे १४ करोड लागतमा मनकामना मन्दिर पुननिर्माणकार्य पुरा
निर्माण सञ्चार, काठमाडौं । मनकामना मन्दिर भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

मन्दिर पुनर्निर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् ४ करोड रुपियाँ र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु श्रेष्ठले जानकारी दिएका छन ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार मन्दिरको अन्तिम निर्माण सम्पन्न हुँदा गजुर, छाना र झ्यालढोका लागि मलम्बा लगाउँदा १८ केजी सुन लागेको छ ।

उनका अनुसार मन्दिर निर्माणका लागि कूल १४ करोड ६४ लाख रुपियाँ खर्च भएको छ । 

मन्दिर निर्माण गर्दा कर्मचारीतर्फ कूल ५५ लाख ६५ हजार र प्रशासनिकतर्फ ६२ लाख ४१ हजार रुपियाँ खर्च भएको छ ।

त्यस्तै मन्दिर निर्माणको ज्याला, निर्माण सामग्री, सुनलगायत गरी १३ करोड ४६ लाख ८० हजार रुपियाँ खर्च भएको कोषाध्यक्ष श्रेष्ठले बताए ।

मन्दिर जीर्णोद्धार समितिले चन्दा बाकस, बैंकमार्फत र विभिन्न रसिदमार्फत मन्दिर निर्माणका लागि सहयोग सङ्कलनको अभियान चलाएको थियो ।

मन्दिरको अन्तिम निर्माण सम्पन्न हुँदा गजुर, छाना र झ्यालढोका लागि मलम्बा लगाउँदा १८ केजी सुन लागेको छ 

अभियानबाट नगद तथा जिन्सी गरी १५ करोड २७ लाख २१ हजार ९ सय २८ रुपियाँ सङ्कलन भएको र बाँकी रकम १ करोड ४० लाख ४४ हजार ७ सय ४ रुपियाँ बैंक ब्याजबाट आम्दानी भएको थियो ।

मन्दिर जीर्णोद्धारपछि अहिले समितिको खातामा अहिले कूल ५ करोड ८६ लाख रुपैयाँ मौज्जाद रहेको बताइएको छ । 

करीब ३ सय वर्ष अघि निर्माण भएको मनकामना मन्दिर विसं १९९० को भूकम्पले दक्षिण पश्चिमतर्फ ६ इन्च ढल्किएपछि २०६८ सालमा मन्दिर जीर्णोद्धारका लागि छलफल चलेको थियो ।

विसं २०७२ को भूकम्पले मन्दिर पूर्णरुपमा क्षति पुर्याएपछि पुनर्निर्माण कार्य सुरु गरिएको थियो ।

मन्दिर पुनर्निर्माण गर्नु समितिले तत्कालीन अवस्थामा जीर्णोद्धारका लागि ८ करोड ४८ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान तयार गरेको भए पनि निर्माणका क्रममा लागत बढेको हो ।

२०७४ चैत महीनाभित्रै मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि भूकम्पपछि नाकाबन्दी, मन्दिरलाई चाहिने आकारको काठको अभाव लगायतका कारण निर्माण समय करीब ८ महिना लम्बिएको र पुनर्निर्माण अहिले सम्पन्न भएको हो ।

 

...

 

आइतबार, २५ फागुन, ०७५

प्रतिक्रिया

Related