हिमालयन आमा–टि बौद्धमा, एक सय ५१ प्रकारका चिया अब एउटै छानामुनि

निर्माण सञ्चार, काठमाडौैं । राजधानीको बौद्धमा हिमालयन आमा टि एण्ड एग्रो प्रा.लि. आजबाट एक सय ५१ प्रकारका चिया एउटै छानामुनिको नयाँ व्यवसाय सुरु गरेको छ ।

प्रमुख अतिथि रुपमा रहेका कृषि मन्त्री चक्रपाणी खनालले यसको उदघाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री खनालले हिमालयन आमा टि एण्ड एग्रोले राष्ट्रिय स्तरमा मात्र नभयर अन्तराष्ट्रिय क्षेत्रमा पनि आफुलाई अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रमा बोल्दै मन्त्री खनालले नेपालमा करिब ६६ प्रतिशत भन्दा बढी मानिस कृषि क्षेत्रमा लागिरहेको र अब कृषि क्षेत्रलाई पर्यटन उद्योगको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

घलेको योजनालाई सरकारले पूर्ण रुपले समर्थन र सहयोग गर्ने कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री चक्रपाणि खनालले बताएका छन् । 

राजधानीको बौद्धमा रहेको हिमालयन आमा टी को उद्घाटन गर्दै मन्त्री खनालले सुरुवात राम्रो भएको भन्दै अन्तर्राष्ट्रिय बजारमा यसको ब्राण्ड बनाउनु पर्ने बताए । 
 
उनले नेपालको खाद्यान्हमा धेरै नै विषादी रहेकाले विषादीमुक्त खाद्यान्हमा हिमालयन एग्रोले भूमिका खेल्ने विश्वास पनि ब्यक्त गरेका छन् । 

हिमालयन आमा टि एण्ड एगा्रेले निकट भविष्यमा काठमाडौं लगायत देशका करिब १०० भन्दा बढि ठाउँहरुमा टि को शाखा खोल्ने योजना रहेको संञ्चालक अमृत घलेले बताए ।

घलेले कार्यक्रमा बोल्दै आफुहरुले नेपालको अर्गार्निक उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बिस्तार गर्ने बताए ।

उनका अनुसार हिमालयन आमा टी (एग्रो प्रोडक्ट) ले एक सय ५१ प्रकारका चिया एउटै छानामुनि पाउन सकिने दावी छ ।
 
हिमालयन आमा एग्रो प्रोडक्ट्सका अध्यक्ष रहेका घलेले विश्वभर चिया पुर्याउने उद्देश्यले एग्रो प्रोडक्ट उत्पादन गर्न लागेको जानकारी दिएका हुन् ।

उनले नेपालका एक सय बढी स्थानमा स्टल खोज्ने जानकारी दिँदै युरोप र खाडी मुलुकमासमेत यसको बजार प्रवद्र्धन गर्ने जानकारी दिएका छन् । 

आफ्नो बजारलाई आवश्यक पर्ने उत्पादन ६० प्रतिशत आफै उत्पादन गर्ने र ४० प्रतिशत किसानको खरिद गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउने उनले बताए ।

उनले कृषकबाट ४० प्रतिशत र आफैले ६० प्रतिशत चिया उत्पादन गर्ने बताएका हुन् । घले ग्रुपको भगिनी संस्था हिमालयन आमा टी (एग्रो प्रोडक्ट) ले पहाडमा ५४ हजार रोपनी र तराईमा एक हजार बढी बिगाहा जमीनसमेत लिइसकेको अध्यक्ष घलेले बताए । 
 
त्यसैगरी सिन्धुली, हेटौंडा, लमजुङ र नुवाकोटमा विशेष योजना भइरहेको उनले बताए । उनले हरेक राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानमा हिमालयन टी कै उत्पादन राख्नेगरी योजना बनिरहेको बताएका छन् । 

कार्यक्रममा सांसद नारदमुनी राणा, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम लगायतले चियालाई विश्वबजारमा छर्न सकिने विश्वास व्यक्त गरे ।

 

(समाचारको आवश्यक अंश पुनः परिमार्जन सहित प्रकाशित गरिएको छ–सम्पादक)

...

 

आइतबार, २६ फागुन, ०७५

प्रतिक्रिया

Related