विशेष आर्थिक क्षेत्र ‘सेज’ विधेयक पारित, अब जग्गा बैंकमा राखेर पनि पैसा आउने आयो नीति

निर्माण सञ्चार, काठमाडौं । प्रतिनिधिसभाले भूउपयोग विधेयक तथा विशेष आर्थिक क्षेत्र ‘सेज’ पहिलो संशोधन विधेयक, २०७५ पारित गरेको छ ।

हिजोको प्रतिनिसभा बैठकले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले प्रस्ताव गरेका दुई विधेयक पारित गरेको हो ।

जमिन बैंकमा राखौं, बाँझौ नराखौं

भूउपयोग विधेयक पारित भएसँगै अबका दिनमा कसैले पनि खेतीयोग्य जमिनलाई बाँझो राख्न नपाउने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताइन् ।

कसैले जमिन उपयोग गर्न नसकेमा त्यसलाई बैंकमा राख्न पाउने र सोवापत निश्चित रकम जग्गाधनीलाई दिइने नीति आएको छ ।

त्यसरी बैंकमा राखेको जग्गा पछि जग्गाधनी आफैले जग्गा फिर्ता लिन चाहेमा पाइने पनि उनले बताइन् ।

त्यस्तै, उक्त बैठकमा मन्त्री यादवले प्रस्तुत गरेको ‘सेफ गार्डस, एण्टिडम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५’ पनि पारित भएको छ ।

त्यस्तै, अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५ लाई पनि सभाले स्वीकृत गरेको छ ।

‘सेफ गार्डस, एण्टिडम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५’ ले नेपाली उत्पादनको सुरक्षा र विदेशी वस्तुको प्रभावका कारण नेपाली वस्तु थुप्रने अवस्थाको अन्त्य गर्न सहयोग पुग्ने मन्त्री यादवको भनाइ छ ।

 

 

...

सोमबार, २७ फागुन, ०७५

 

प्रतिक्रिया

Related