घरेलु उद्योग महोत्सवः ५ लाखले अवलोकन गर्दा १५ करोडको व्यापार

दुई लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान, ५ लाख बढीले अवलोकन गरेको दाबी
निर्माण सञ्चार, काठमाडौं । १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेलामा ५ लाख अवलोकनकर्ताले भिजिट गरेका छन् भने मेलाको अन्तिम दिनसम्ममा १५ करोड रुपियाँ बराबर कारोबार भएको आयोजकले बताइको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भएको उक्त महोत्सवको आज समापन गर्दै आयोजकका तर्फबाट मेला आयोजनाका संयोजक उमेश प्रसाद सिंहले यो जानकारी दिएका हुन् ।

घरेलु तथा साना उद्योगको विकास तथा वद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त मेलाको गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

समापन समारोह संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबावु पण्डित र काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यद्वारा सम्पन्न भएको थियो ।

यस पटकको मेलाको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा विहीबारदेखि मेला सञ्चालन भएको हो ।

निर्माण सञ्चारसँग बोल्दै संयोजक सिंहले मेलामा दुई लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिए पनि अन्तिम दिनसम्म ५ लाख बढीले अवलोकन गरेको दाबी गरेका छन् ।

सम्बन्धित समाचार, पढौं यो पनि

 

 

 

 

...

सोमबार, २७ फागनु, ०७५

 

प्रतिक्रिया

Related