आयो राजेन्द्र थापाको ‘फिर्ता चाहियो’

निर्माण सञ्चार, काठमाडौं । साहित्यकार तथा गीतकार राजेन्द्र थापाद्वारा लिखित कथासङ्ग्रह ‘फिर्ता चाहियो’ सार्वजनिक भएको छ ।

राजधानीको भृकुटिमण्डपस्थित मेहन्द्र पुलिस क्लवमा चलिरहेको पुस्तक मेलाका अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

वरिष्ट साहित्यकार वैरागी काइँला, वरिष्ट साहित्यकार यादव खरेल, गीतकार एस्.पी. (शंकरप्रसाद) कोइराला, पत्रकार तथा कवि बसन्त बस्नेत, साहित्यकार हरिमाया भेटवाल, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल, सोही पुस्तकका लेखक राजेन्द्र थापालगायतले कथासङ्ग्रह ‘फिर्ता चाहियो’ सार्वजनिकरण गर्नुभएको हो ।

साहित्यिक तथा सांगितिक प्रस्तुतिसहित भएको कार्यक्रममा लेखक तथा गीतकार राजेन्द्र थापाद्वारा लिखित हालका चर्चित गीतहरु गायक गायीकाद्वारा प्रस्तुत गरी कार्यक्रमलाई रोचक र संगीतमय बनाइएको थियो ।

पुस्तकमाथि बौल्दै वरिष्ट साहित्यकार वैरागी काइलाले राजेन्द्र थापाका छोटा र मिठा कथाबाट आफू सधैँ प्रभावित भएको बताउँदै शुभकामना प्रदान गर्नुभएको थियो ।

यसैगरी शुभकामना दिँदै वरिष्ट साहित्यकार यादव खरेलले राजेन्द्र थापा हरेक विधामा कलम लगाएर सबै विधामा सफल भएको उल्लेख गर्नुभयो ।

शुभकामना दिने क्रममा एस्.पी. कोइराला (शंकरप्रसाद कोइराला) ले थापाका गीत जति राम्रा र सफल छन् त्यस्तै कथा पनि त्यतिकै सफल पाठकको मन जित्ने रहेका भन्दै शुभकामना दिनुभएको थियो ।

पुस्तकको समीक्षा गर्दै पत्रकार तथा कवि बसन्त बस्नेतले राजेन्द्र थापा धेरै विषयमा सफल हुनुभएको उल्लेख गर्दै थापाको लेखन शैली सरल, सहज र प्रभावकारी भएको बताउँदै यस पुस्तकले सहज रुपमा पाठकहरुको मन जित्न सक्ने उल्लेख गर्नुभएको थियो ।

कथासङ्ग्रह ‘फिर्ता चाहियो’ शिखा बुक्सले बजारमा ल्याएको हो भने वितरकमा ज्ञानज्योति बुक्स पब्लिकेसन रहेको छ ।

पुस्तकको मूल्य रु. ३२५ रहेको छ

 

 

समालोचक रोशन जुलुङ्गेबाट

...

सोमबार, ११ चैत, २०७५

 

प्रतिक्रिया

Related