नेपालीको जापान सपना हुने भयो पूराः नेपाल–जापानबीच यस्तो भयो समझदारी

म्यानपावर एजेन्सीलाई ‘बाइकट’, नेपाली श्रमिकले पाए १४ वटा क्षेत्रमा काम गर्ने अनुमति
निर्माण सञ्चार, काठमाडौं । लामो समयदेखि प्रतीक्षामा रहेको नेपाल जापान श्रम सम्झौता सरकारी तहबाटै टुंगो लागेको छ ।

सोमबार नेपाल सरकार एवम् जापान सरकारबीच नेपाली श्रमिक जापान पठाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएपछि अब सरकारी इनिसिएसनमै नेपाली श्रमिक जापान जान पाउने ढोका खुलेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिस्टको उपस्थितिमा दुई देशका सरकारी प्रतिनिधिहरुले होटेल हिमालयमा आयोजित विशेष समारोहमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

केही हप्ता अघि अन्तिम रुप दिइएको नेपाल तथा जापान सरकारबीच कामदार आपूर्तिको ‘सहकार्यको समझदारी’ (एमओसी) सोमबारको हस्तक्षर सहित टुंगिएको हो ।

सो एमओसीमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् भने जापानका तर्फबाट नेपालका लागि जापानका राजदूत समामिची साइगोले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्र अनुसार पेसिफाइड स्किल वर्कर अन्तर्गत नेपाली श्रमिकहरु भर्ना, जापानी भाषा परीक्षा तथा सीप परीक्षण र सहजीकरणका लागि जापानी पक्षलाई सहयोग गर्न वैदेशिक रोजगार विभाग अन्तर्गात छुट्टै इकाई स्थापना गरिने उल्लेख छ ।

समझादारीमा उल्लेख भए अनुसार सम्झौतालाई प्रभावकारी कार्यान्वयन गराउन दुवै देशका प्रतिनिधि रहने संयुक्त समिति गठन हुने छ ।

समझदारी पत्रमा भनिए अनुसार यही वर्षको अप्रिल १ देखि नेपाली श्रमिकले तोकिएका विभिन्न १४ क्षेत्रमा सहभागी हुन पाउने छन् ।

दुई देशको सरकारी तहबाटै श्रम आपूर्ति गर्ने समझदारीले बीचमा दलालीकरण गर्ने म्यानपावर एजेन्सीको दादागिरी जापान जाने प्रक्रियाका लागि छुटेको छ । यसले नेपाली श्रमिक अनावश्यक ठगिने झन्झटबाट मुक्ति मिलेको छ ।

 

सरकारले खाडी मुलुकमा पनि यसरी नै सरकारी तहबाटै श्रम सम्झौता गरी श्रमिक आपूर्ति गर्नु पर्ने सुझाव विज्ञहरुले दिइरहेका छन् ।

 

 

 

...

सोमबार, ११ चैत, २०७५

 

प्रतिक्रिया

Related