निक सिमोन्स इन्स्टिच्युटद्वारा १२ विद्यार्थीलाई छात्रवृत्तिः गणित समाजको सराहनीय भूमिका

निर्माण सञ्चार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय गणित विभागमा १२ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

नेपाल गणित समाजले आयोजना गरेको एक समारोहबीच बिहीबार विद्यावारिधि तहमा अध्ययनरत ७ जना, एमफिलका ३ जना र स्नातकोत्तर तहमा अध्ययनरत २ गरी १२ उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

गणित समाजका केन्द्रीय पदाधिकारी समेत रहेका केन्द्रीय गणित विभागका उपप्राध्यापक जीवन काफ्लेले दिएको जानकारी अनुसार उक्त छात्रवृत्ति अमेरिकास्थित निक सिमोन्स इन्स्टिच्युटले प्रदान गरेको हो ।

गणित समाजलाई यस वर्षका लागि निक सिमोन्स इन्स्टिच्युटले ५ लाख रुपियाँ प्रदान गरेको थियो ।

कार्यक्रमको सभापतित्व समाजका सभापपति प्रा डा चेतराज भट्टले गरेका थिए भने कार्यक्रममा मुख्यअतिथिका रूपमा अमेरिकी धनाढ्य डा जेम्स ह्यारिस सिमोन्स पनि उपस्थित थिए ।

वक्ताहरुले पुरस्कृत विद्यार्थीको प्रशंसा गर्दै पुरस्कार राशि प्रदान गरेकोमा सिमोन्सलाई कृतज्ञता दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन क्रममा गणित केन्द्रिय विभागका प्रमुख प्रा डा केदारनाथ उप्रेती र समाजका पूर्वसभापति प्रा डा टंकनाथ धमला, समाजका उपसभापति प्रा डा दिलबहादुर गुरुङले आगामी दिनमा समेत यसखाले क्रियाकलापको निरन्तरताको कामना गरेका थिए ।

कार्यक्रम सञ्चालन परमेश्वरी कट्टेलले गरेका थिए ।

 

...

बिहीबार १४ चैत, ०७५

 

प्रतिक्रिया

Related