सरकार सडक बलिया बांगाको मात्रै हो ? खै अपांगता मैत्री सडक ?

निर्माण सञ्चार, काठमाडौं । आधा दशक भन्दा बढी समय नबनाएर म्याद थप्दै समय लम्याउँदै गरिएको बौद्ध, जोरपाटी साँखु सडकखण्ड सम्झौता विपरीत अपांगतामैत्री नबनाएपछि अपांगता क्षेत्रले भत्काइदिएको छ ।

अपांग नवजीवन केन्द्र सहितका अपांगता भएका तथा सबलांग सामाजिक अभियन्ताहरु समेत भई सडक पेटी अपांगता मैत्री नभएको भन्दै बिहीबार भत्काएका हुन् ।

काठमाडौं उपत्यका सहित देशभरकै सडक र सडक पेटीहरु अपांगमैत्री बनाउनका लागि संघर्ष गर्दै आइरहेको अपांग (ह्वीलचियर) मैत्री सडक तथा फुटपाथ संघर्ष समितिले बिहीबार बिहान जोरपाटीमा बन्दै गरेको फुटपाथ अपांग मैत्री नभएको भन्दै भत्काइदिएको थिए ।

ह्वीलचियरमा आएका संघर्ष समितिका सदस्यहरुले बन्दै गरेको सडक र फुटपाथमा कुनैपनि हालतमा ह्वीलचियर गुडाउन मिल्ने नभएका कारण पीक र हतौडाले हिर्काएर फुटपाथ बनाउनका लागि लगाइएको ब्लक भत्काइदिएको हुन् ।

यस अघिदेखि नै सडक विभागलाई पटकपटक अपांग मैत्री सडक बनाउनका लागि आग्रह गरेको पत्र देखाउँदै त्यसलाई कार्यान्वयन गर्नुपर्ने माग उनीहरुले गरेका थिए ।

खगेन्द्र नवजीवनका कारण चुच्चेपाटी–नारायणटार सडकखण्ड अपाङ्गता भएका व्यक्ति ओहोरदोहोर गर्ने प्रमुख बाटो हो । तर, बनेका सडक पूर्वाधार ह्विलचेयर नगुड्ने र अपाङ्गता भएकाले थप सास्ती बेहोर्नुपरेको अवस्थामा आफूहरुलाई राज्यले अपेक्षा गरेको उनीहरुले आरोप पनि लगाएका छन् ।

के सडक अपांगहरुका लागि पनि हैन ? उनीहरुले प्रश्न गरेका छन्, हामीहरु हिँड्न पाउने बाटो कुन हो ?

यसै सन्दर्भमा गत चार वर्ष अघि अपांगता मैत्री सडक निर्माणका लागि कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पहलमा चन्दा संकलन गरी र्याम्प खडा गरिएको थियो ।

अहिले सडक विस्तारका नाममा बल्लतल्ल बनेको र्याम्पसमेत भत्काइएको भन्दै अधिकारकर्मीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका ध्यानाकर्षण गराएका थिए ।

मन्त्री महासेठले सडक बनाउँदा पेटी ह्विलचेयर गुड्न सक्ने, अपाङ्गतामैत्री बनाउन निर्देशन दिए पनि निर्माण कम्पनी र सडक विभागका इन्जिनियरले वास्तै नगरेको, पटकपटक ताकेता गर्दा पनि सुनुवाइ नै नभएपछि अपाङ्गता भएका व्यक्तिले आन्दोलनका रुपमा सडक पेटी भत्काएको जनाएका छन् ।

 

 

 

...

मंगलबार, १२ चैत, ०७५

 

प्रतिक्रिया

Related