जनता बैंकले खोल्यो:धनगढीमा नयाँ एटिएम

निर्माण सञ्चार, काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सोमबार धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटी चोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा सुरु गरेको छ ।

बैंकको यो ९४औं एटिएम हो ।

एक समारोहका बिच धनगढी उप–महानगरपालिकाको उपमेयर श्री सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवाको सुमुद्घाटन गरेका हुन् ।

यो क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्नेछ भन्ने विश्वास लिइएको छ ।

यो सगै बैंक पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।

बैंकको आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी अझ सशक्त उपस्थिति जनाउने योजना रहेको बैंकले जनाएको छ ।

 

 

...

मंगलबार, २८ फागुन, ०७५

 

प्रतिक्रिया

Related