टेलिकम र एनसेल कसरी ठग्दै छन् ग्राहक ? गुणस्तरहीन सेवा दिएपछि कारबाही गर्दै प्राधिकरण

सेवामा सुधार ल्याउन १ महिने अल्टिमेटम
निर्माण सञ्चार, काठमाडौं । पछिल्ला दिनमा नेपाल टेलिकमको सेवा प्रयोग गर्नेहरु ठगिने क्रम बढिरहेको छ । आफूले मेसेजबाट रिक्वेस्ट नै नगरेको मेसेज आउने र पैसा काटिने क्रम झन्डै ४ महिनादेखि भइरहेको छ ।

टेलिकममाथि गुनासो गर्दा पनि उक्त सेवा बापत् पैसा काटिन नछाडेको प्रयोग कर्ताहरुको आक्रोस छ । दूरसञ्चार सेवा प्रदायकहरुले नेपाली उपभोक्ताहरुलाई यसरी ठग्ने काम गरेको यो नौलो भने होइन ।

एनसेल र टेलिकमको बजार प्रतिस्पर्धाले उब्जाएको मनोविज्ञानका कारण टेक्निकल ज्ञानको दुरुपयोग गरी उनीहरुले कलर ट्युनिङ एक्टिभ भएकोदेखि कल सुविधा कटाएर बढी पैसा लिने समेत गर्छन् ।

बिना सूचना र ग्राहकको अपिल बेगर यस्तो गर्नु अपराध वा ठगी नै हो जसको कानुनी उपचार छ ।

एनसेलले टेलिकम भित्रका कार्मचारी समेत किन्ने गरेको र टेलिकमको आन्तरिक प्रविधिमै गडबडी गरेर ग्राहकमाथि अतिरिक्त रकम असुल्ने गरेको तथ्य यस अघि पनि बाहिरै आएको थियो ।

यतिबेला पनि ठीक त्यस्तै भइरहेको छ ।

सको रोकथामबारे संस्थानका रुपमा रहेको टेलिकमले सोचेकै छैन वा सोच्न नभ्याए जस्तो गरिरहेको छ ।

यता, एनसेलको ठगी गर्ने शैलीको त कुरै छाडौं । उसका कमाउ धन्दा सरकारका मन्त्री किन्नेदेखि कर नतिर्ने र सर्वसाधारणका लागि विभिन्न अफर भन्दै अफरका नाउँमा प्रविधि मार्फत् पैसा लुट्नेमा नम्बर–१ मा गनिने दूर सञ्चार सेवा प्रदायक हो एनसेल ।

प्राधिकरणले के कुरामा गर्दै छ कारबाही ?

यसै बीच नेपाल दूरसंचार प्राधिकरणले आफ्नो कल सक्सेस रेटको (कल स्थापना हुन लाग्ने समय) को न्यूनतम मापदण्ड नपुर्याएको मुद्दामा टेलिफोन सेवा प्रदायक संस्थाहरुलाई कारबाही गर्ने भएको हो ।

प्राधिकरणले तोकेको कल सक्सेस रेटको न्यूनतम मापदण्ड ५ सेकेन्डभन्दा कम नभएकाले ३ ओटै सेवाप्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमलाई प्राधिकरणले कारबाही गर्न लागेको जनाएको छ ।

प्राधिकरणले टेलिफोन सेवा प्रदायकका लागि कल सक्सेस रेट अर्थात कल स्थापना हुन लाग्ने समय ५ सेकेन्ड वा सो भन्दा कम राखेको छ ।

तर हाल सेवा दिइरहेका ३ ओटै टेलिफोन सेवाप्रदायकले सो रेटको मापदण्ड समेत पुर्याउन सकेका छैनन् ।

प्राधिकरणले गरेको मोबोईल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) प्रतिवेदन अनुसार भक्तपुरमा नेपाल टेलिकमको कल स्थापना हुन लाग्ने समय १२ दशमलव ३९ सेकेन्ड रहेको छ भने एनसेलको ७ दशमलव ८८ सेकेन्ड र स्मार्टसेलको १५ दशमलव ६५ सेकेन्ड रहेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार भक्तपुर लगायत बागलुङ, पोखरा र पृथ्वी राजमार्गमा ३ ओटै सेवाप्रदायकको कल सक्सेस रेट कम भएको पाईएको छ ।

एक महिने अल्टिमेटम

यसैबीच नेपाल टेलिकमले समेत उक्त मापदण्ड पुरा नगरेको पाएपछि त्यसमा सुधार गर्न एक महिनाको म्याद दिइएको प्राधिकरणका निमित्त कार्यकारी अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

हाल नेपालमा टेलिफोन सेवा प्रदान गरिरहेका नेपाल टेलिकम, एनसेल तथा स्मार्ट टेलिकमले टेलिफोन सेवाको गुणस्तरमा हेलचक्राईं भएको भेटिएको छ ।

उनीहरुको सेवामा कल आफै काटिने दर पनि उच्च रहेको उक्त प्रतिवेदनले देखाएको छ ।

प्राधिकरणले टेलिफोन सेवा र इन्टरनेट सेवाको गुणस्तर पत्ता लगाउनका लागि पोखराको विभिन्न स्थान, पृथ्वी राजमार्गको नारायणगढ, कास्की सडक, बागलुङ बजारका विभिन्न स्थानमा र भक्तपुरकै विभिन्न स्थानमा मोबाईल ड्राइभ टेस्ट गरेको थियो ।

उक्त परीक्षण पछि यी सेवा प्रदायकहरु कारबाहीका लागि योग्य भएका हुन् ।

 

 

...

बुधबार, २९ फागुन, ०७५

 

प्रतिक्रिया

Related