मानव कल्याणमा एफक्यानः दुःखी, गरिब र पीडितलाई सहयोग गर्दै जाने सिंहको घोषणा !

निर्माण सञ्चार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भक्तपुरको मानव कल्याण समाजलाई सहयोग प्रदान गरेको छ ।

ध्यक्ष रवि सिंहको अगुवाइमा महासंघले गत मंगलबार उक्त मानव कल्याण समाजको सहयोगार्थ विभिन्न जिन्सी सामाग्रीहरु उपलब्ध गराएको हो ।

उक्त समारोहमा बोल्दै अध्यक्ष सिंहले महासंघले समाजमा रहेका हरेक दुःखी पीडितहरुलाई सहयोग गर्ने प्रतिबद्घता पनि जनाए ।

विकास निर्माणमा संलग्न निर्माण व्यवसायीहरु यसै समाजका सदस्य रहेकाले समाजका असाहय तथा दुःखी पीडितहरुलाई सहयोग गर्नु आफूहरुको दायित्व भएको अध्यक्ष सिंहको भनाइ थियो ।

उक्त समारोहमा महासचिव रोशन दाहालले महासंघ सामाजिक काममा निरन्तर लागिपरेको बताए ।

समाजलाई महासंघले काठको दराज १ थान, साइकल १ थान, ग्यास सहित सिलिन्डर २ थान, पानीको जार ३ थान र तन्ना ४० थान उपलब्ध गराएको छ ।

केही दिन अघि निर्माण व्यवसायी महिला समन्वय समितिको तेस्रो राष्ट्रिय भेलाको अवसरमा समाजलाई १५ हजार नगद आर्थिक सहयोग गर्दै जिन्सी सहयोगको घोषणा समेत गरिएको थियो ।

सोही घोषणा बमोजिम आज समाजको प्रागंणमा एक कार्यक्रम गरी सहयोग हस्तान्तरण गरेको जनायो ।

कार्यक्रममा महासंघको तर्फबाट सह–कोषाध्यक्ष एवम् निर्माण व्यवसायी महिला समन्वय समिति संयोजक सरस्वती कार्की, महिला निर्माण व्यवसायीहरु लक्ष्मी बस्नेत कार्की, कमला काफ्ले भट्टराई,गीता शाही, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायत उपस्थित थिए ।

 

 

...

बिहीबार, ३० फागुन, ०७५

 

प्रतिक्रिया

Related