उद्योग वाणिज्य महासंघ नेतृत्वमा निर्माण व्यवसायी चेन्नाईमा

निर्माण सञ्चार, काठमाडौं । भारतको चेन्नाइमा हुने ‘अन्तर्राष्ट्रिय इनर्जी÷ऊर्जा सोसिङ सो’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल मंगलबार चेन्नई पुगेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका ऊर्जा समितिको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सहित ११ जना चेन्नई प्रस्थान गरेका हुन् ।

महासंघ प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका सल्लाहकार सुकुन्तलाल हिराचन, उप–महासचिव (नीतिगत) टंक प्रसाद चौलागाईं, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर र जनसम्पर्क अधिकृत रामचन्द्र गिरीले बिदाई गरेका थिए ।

तीन दिनसम्म चल्ने कार्यक्रम बुधबारबाट सुरु भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा भइरहेको विकास निर्माणको गतिविधि तथा जलविद्युत क्षेत्रको विकास सम्बन्धी जानकारी हासिल गर्ने प्रतिनिधि मण्डलको विश्वास छ ।

 

 

 

...

बिहीबार, ३० फागुन, ०७५

 

प्रतिक्रिया

Related