सनराइज बैंकको प्रगतिः भारतको BLK Super Specialty र Nanavati Super Specialty हस्पिटल बिच नयाँ सम्झौता

टाँडी शाखा कार्यालय स्थानान्तरण, धेरै टाढा छैन, भेट्न सजिलै सकिने ठाउँमा
निर्माण सञ्चार, काठमाडौं । ग्राहक वर्गको सेवा र सुबिधामा सधै तत्पर रहने यस सन्राइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा हालै भारत स्थित BLK Super Specialty र Nanavati Super Specialty हस्पिटल सँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार अब सन्राइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गले यस हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५०% सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

सो सम्बन्धि सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्रचार्य र हस्पिटलहरुका तर्फबाट प्रमुख बिक्री तथा बजार प्रबन्धक श्री सुनिल कपूरले मंगलबार हस्ताक्षर गरेका थिए ।

BLK Super Specialty र Nanavati Super Specialty हस्पिटल भारत स्थित दुई प्रतिष्ठित हस्पिटलहरु हुन् जसले विभिन्न देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएका छन् ।

अब सन्राइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गले यस हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५०% सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ

उक्त सम्झौता अनुसार सन्राइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गले साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा ५०% सम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

यस योजनाले सन्राइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सन्राइज बैंक प्रतिबद्घ छ ।

टाँडी शाखा कार्यालय स्थानान्तरण

यसैबीच सन्राइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर न.पा. वडा नं २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मि. को दूरीमा स्थान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्न राज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

उक्त उद्घाटन समारोहमा बैंकका नायव महाप्रबन्धक श्री अपछ कुमार यादव लगायत स्थानीयबासीको उपस्थिति थियो ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो १०३ वटा शाखा, ११८ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

 
सम्बन्धित समाचारका लागि पढौं यो पनि

 

 

 

...

बिहीबार, ३० फागुन, ०७५

 

प्रतिक्रिया

Related