जुम्लामा परिवर्तनको अनुभूति, विकासको नयाँ मोड

जोगीबाडामा एक घर एक धारा
निर्माण सञ्चार, जुम्ला । जलवायु परिवर्तनको असर पर्ने मुलुक मध्य नेपाल पनि एक हो । पछिल्लो समय विश्वमा भईरहेको औधोगीकरण तथा बढ्दो हरित गृह ग्यासको उत्पादनका कारण जलवायु परिवर्तन भईरहेको छ ।

जसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ । त्यस मध्य पनि जलवायु परिर्वतनले पानीका मुहान लाई विशेष असर पारेको विज्ञहरुको भनाई छ ।

जलवायुपरिवर्तनकै कारण, नेपालका सयौ खोला,नाला,मुहान हरु विस्तारै सुक्दै गएको विज्ञहरु बताउन्छन् । हाम्रा पुर्खाहरुले प्रयोग गर्दै आएका कुवा, मुहान, खोला नालाहरु हामी हिजो आज सुकेको देख्छौ ।

जलस्रोतमा दोस्रो धनी मुलुकका ग्रामिण बस्तीहरु खानेपानी अभावकै कारण, स्वास्थ्य, सरसफाई जस्ता आधारभुत आबश्यकता बाट पछि परेको अबस्था छ ।

तर सरकारको योजना र लक्ष्य भने, हरेक नेपालीको घरघरमा स्वच्छ खानेपानीको धारा पुराउने छ । तर दुषित पानीले गर्दा कर्णालीका सयौ व्यक्ति पथरियाका विरामी छन् ।

एक उदाहरण हुन, सिंजा जोगीबाडा गाउँकी खुम्बेनी योगी । उनलाई खोलाको दुषित पानी पिउनुको पिडाले अहिले पनि सताइरहेको छ ।

गाँउमा खानेपानी नहुँदा उनलाई नजिकैको खोलाको दुषित पानी पिउनुको विकल्प पनि थिएन । ‘विगत एक दशक यता जंगलमा पानीका मुहान सुक्दै गएपछि गाँउका धारा पनि सुक्न थाले, उनले भनिन, सबै गाँउले घण्टौ हिडेर खोला र नदीको पानी खान बाध्य थियौ ।

जसले गर्दा अहिले म पथ्रिया रोगले ग्रसित छु । म जस्ता धेरै गाँउलेको स्वास्थ्य ठिक छैन ।

जोगीबाडा गाँउका चार सय बढि लाई खानीपानीकै पिरलो छ । २०७० साल तिर निर्माण गरेका धारामा वर्ष दिन नवित्दै, पानी सुक्यो, गाउँलेका दुख फेरिएनन ।

स्थानीय सरकार आईसकेपछि पनि माग नगरेपनि पनि होईन गाउँमा खानेपानी ल्याउने विषयमा तर सुनुवाई भएन ।

जोगीबाडाका प्रत्येक घर घरमा धारा

योगीबाडा गाउँका खुम्मेनी योगी जस्तै सयौ गाउँले दुषित पानी खाएकै कारण पथरियाका रोगी छन् ।

जोगीबाडा गाउँमा झण्डै ८२ वटा घरधुरी छन् । सबै भन्दा पानीको अभाव हुने, र खोलाको दुषित पानी पिउन बाध्य जोगीबाडाबास्किा घरघरमा अहिले धारा पुग्दा खुसीको सिमा पनि छैन् ।

एक घरएक धारा सरकारको योजना तथा दुषित पानी पिएर रोगी बन्नेस्थानीयको समस्या लाई मध्यनजर गरी हिमा गाँउपालीका,वाटरएड नेपालको सहयोगमा किर्डाक नेपालले सिंजाको जोगीबाडा गाउँमा एक घर एक धारा निर्माण गर्ने जिम्मा पायो ।

जिम्मा पाएको एक वर्ष भित्रै, जोगीबाडा गाउँका प्रत्यक घरमा धारा छर्काउन सफल भएको जोगीबाडा खानेपानी आयोजना प्राविधिक अजित थापाले बताए ।

उनका अनुसार २०७४ फागुनबाट थालीएको एक घर एक धारा निर्माण कार्य २०७५ मंसिरमै सकियो ।

निर्माण कार्य सकिएर पनि समुदाय हस्तान्तरण गरिएको छ । घरघरमा खानेपानी पुगेपछि त्यहाँका महिलाको कार्यबोझ घटेको छ । भने गाँउघर तथा ब्यक्तिगत सरसफाई पनि बढेको छ ।

नेपाल सरकारले लिएको एक घर एक धारा अभियान अन्र्तगत जोगीबाडा गाँउ जिल्लाकै नमुना बनेको छ । जुम्लाका सयौँ गाँउमा खानेपानीको हाहाकार भइरहँदा एक घर एक धाराको पहुँजमा पुग्ने जोगीबाडा पहिलो गाँउ हो ।

जहाँ घरको आँगनमै धारा छन् । घर आगनमै धारा छ्टकीएपछि जोगीबाडाबासीको खुसीको सिमा छैन् ।

स्थानिय लक्ष्मी योगीले भनिन, ‘आगनमै खानेपानी पुग्ला भनेर कल्पना पनि थिएन, अहिले शुद्ध पानी पिउन मात्रै पाएका छैनौ, जुम्लाकै पहिलो घरघरमा धारा पुग्ने गाउँले बनेका छौ ।

कार्यबोझ पनि घट्यो

खानेपानी जोगाीबाडा गाउँका लागि पहिलो आबश्यकता थियो ।

हिमा गाउँपालिका, र किर्डाकले गर्दा कल्पनानै नगरिएको ठाउँमा दिर्घकालिन हुनेगी घरघरमा धारा ल्याईदियो । घरघरमा धारा आउँदा सबैभन्दा महिला दिदि बहिनी खुसी छन् ।

किनकी, घरधन्दा देखि मेलापात महिलाकै भरमा हुन्छ । घण्टौ हिडेर खोला खोलामा रहेको सानो मुहानको पानी ल्याउन जाँदा मध्यरातसम्मको घण्टौ लाईन बस्दाको पिडा अन्त्य भएको स्थानीय ललिता योगीले बताईन ।

उनले भनिन, कर्णालीका महिला गर्भअबस्था भन्न पाउदैनन, जतिबेला पनि ग्रहौ भारी बोक्नु पर्छ, यस्तै समस्या बाट यहाँका सयौ महिला पिडित छन् । जब घरमै धारा पुगेपछि महिला खुसी नहुने कुरै भएन ।

योगीले थपिन, बल्ल महिलाको कार्यबोझ घेटेपछि विकासको अनुभुति भएको दाबी गरिन । घरमै धारा, भएपछि, डोकोमा भाडा,कपडा, लिएर,गाग्री लिएर जानु पर्ने र जोखिम मोल्दै भिरालो बाटोमा ल्याउनु पर्ने अबस्था हटेको अर्की महिला विजु योगीले बताईन । सयौ महिला लाई निकै राहात भएको छ ।

‘खोलाको पानी, मेलाको घाँसदेखि घरको चुलोचौको सम्हाल्नुपर्ने हाम्रा गाँउका महिलाको बाध्ययता हो, एक घर एक धाराले धेरै बोझ कम भएको उनले बताईन ।

समयको बचत

घरमै धारा आउँदा पक्कै पनि समयको बचत भएको छ । घण्टौ हिढ्नु पर्ने बाध्यता टरेपछि, समयको बचत हुन थालेको छ ।

जिल्ला समन्वय समितिका सदस्य जयराज भारतीले एक घर एक धाराले गाँउलका महिलाको कार्यबोझ न्युनिकरण संगै पनि समयको बचत हुने गरेको महिला काली योगीले बताईन ।

उनले भनिन, पानीकै कारण सबै भन्दा बढि समय खर्च हुनथ्यो अब त्यो अबस्था रहेन । यता घरको काम गर्दै, उता, बारीमा तरकारी तथा फलफुल खेती गर्न सकिने अबस्था छ ।

समय बचत भएर सदुपयोग गरेको खण्डमा आम्दानीको स्रोत पनि बृद्धि हुदै जाने विश्वास उनको छ ।

किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशम शाहीले खाने पानी आयोजनाले समयको बचत, कार्यबोझ न्युनिकरण, हिंसा न्युनिकरण तथा स्वास्थ्य राख्न विशेष भुमिका खेल्ने विश्वास लिए ।

०५२ लाखको लागतमा सम्पन्न० ज्हा अभाव र आबश्यकता त्यहा विकास र आपुर्ति हुनुनै मौलिक तथा आधारभुत आबश्यकता परिपुर्ति हुनु हो ।

किर्डाक नेपाल, हिमा गाउँपालिका र वाटरऐड यसै आबश्यकता मध्यनजर गरी झण्डै आधा करोडको लगानीमा एकघर एक धारा निर्माण गरेको हो ।

जोगीबाडा गाउँका स्थानीयको १५ लाख जनश्रमदान र ३७ लाख गाउँपालिका र किर्डाकको गरी जम्मा ५२ लाखको लागतमा जोगीबाडा गाँउका ८२ वटै घरधुरीमा खानेपानी छट्कीएको छ ।

आयोजनाको सार्वजानिक सुनुवाई देखि योजनामा पारदर्शी भएको स्थानीय कन्नबीर योगीले बताए ।

 अनुगमन,अबस्था सन्तोषजनक

जोगीवाडा गाउँको खानेपानी आयोजना लाई जुमलाका सरोकारवाला द्धारा संयुक्त अनुगमन गरियो । अनुगमनमा जोगीबाडाका स्थानीयको विगतको अबस्था, हार परिर्वतन भएको अबस्था, निकै सन्तोषजन रहेको पाइएको छ ।

व्यवस्थापनमा विशेष जोड दिनुपर्नेमा सुझाब दिएका छन् । वडा अध्यक्ष सर्पजित भण्डारीले वडाका सबै बस्तिमा खानेपानीको सहज पहुँज पुराउने पहल भइरहेको जानकारी दिए ।

उनका अनुसार जोगीबाडामा खानेपानी पुगेपछि तरकारी खेती, स्याउ तथा फलफुल खेती र सरसफाई कार्यमा निकै सहज भएको हो । सुत्यक घरमा फोहोर फाल्ने खाल्डो र भाँडा सुकाउने चाँङको समेत ब्यवस्था छ ।

भने, त्यहाँका महिलाहरु महिनावारी स्वच्छता सम्बन्धी पुर्ण जानकार समेत भएका छन् । गाँउपालिका उपाअध्यक्ष हिमाली रोकायाले कम लागतमा जोगीबाडाको गुणस्तर खानेपानी आयोजना निर्माण भएको भन्दै अन्य आयोजनामा समेत यसैको सिको गरीने बताईन ।

उनले भनिन, ‘एक घर एक धाराले जोगीबाडाकी महिलाको कार्यबोझसँगै हिंसाका घटना समेत घटाउन मद्दत पुगेको छ ।’ खानेपानी तथा डिभिजन कार्यालयका ईन्जिनियर महेशकुमार शर्माले समुदायलाई आयोजनाको दिगो ब्यवस्थापनमा जोड दिन अनुरोध गरे ।

समुदायले आयोजनाको दिगो ब्यवस्थापनलाई मध्यनजर गरी मर्मत संभार कोष स्थापना गरेको उपभोक्ता समिति अध्यक्ष जयनाथ योगीले बताए ।

सागर परियिार

प्रतिक्रिया

Related