हिमाल प्रर्वतारोहणको विश्व रेकर्ड कायम गर्न यस्तो मिशन रहनेछ, निर्मल प्रजाको

विश्वका १४ वटा ८ हजार मिटर भन्दा माथिका हिमालहरु ७ महिनामा पुरा गरी विश्व रेकर्ड कायम गर्ने लक्ष्य
निर्माण सञ्चार, काठमाडौं विश्वका पर्वतारोहिले अग्ला हिमाल आरोहण गरी बनाएको विश्व रेकर्ड लाई ब्रेक गरी नयाँ रेकर्ड बनाउने मिशनमा नेपालका निर्मल प्रर्जा अगाडी बढेका छन ।

विश्वका १४ वटा ८ हजार मिटर भन्दा माथिका हिमालहरु ७ बर्ष ११ महिना १४ दिनमा आरोहण गरी विश्व रेकर्ड कायम गरेमा उप्त रेकर्डलाई निर्मल प्रर्जाले ७ महिनामा पुरा गर्ने मिशन लिई अगाडी बढ्ने लक्ष्य राखेका छन ।

पूर्जाले एभरेष्ट देखि ल्होत्से हिमाल अहिलेसम्मकै सबैभन्दा कम समयमा आरोहण गरीे नयाँ कीर्तिमानी समेत रचेका छन ।

प्रर्जाले सबै भन्दा कम समय एभरेष्ट देखि ल्हात्से हिमाल १० घण्टा १५ मिनेटमा आरोहण गरी गरेका थिए । प्रर्जाले पुरानो २० धण्टाको कीर्तिमान पछाडी पार्दै सबै भन्दा कम समयमा हिमाल आरोहण गर्ने पहिलो ब्याति बन्न सफल भयका छन ।

प्रर्जाले एभरेष्ट, ल्होत्से र मकालु हिमाल ५ दिनमा चढेर फर्केन समेत सफल भएका थिए ।

प्रर्जाको मिशनमा (यात्रामा) हामा आईरन एण्ड स्टील ई प्रा लि तथा प्रिमियर इन्स्योरेन्स (क. नेपाल. लि ) को सहयोग रहने भएको छ ।

हामा आईरन स्टीलका प्रबन्ध निर्देशक राजन कृष्ण श्रेष्ठले कार्यक्रमा बोल्दै प्रर्जाले गर्न लागेको काम नेपालीका लागि गैरबको बिषय भएकोे बताए ।

श्रेष्ठले भिजिट नेपाल २०२० मूल नारा लाई विश्व ब्यापी रुपमा अगाडी बढाउने बताए ।

नेपालको भबिष्य टुरीजमा राम्रो रहेको बिश्वले नेपाललाई हिमालहरुको घर भनेर चिन्छन त्यसैले पर्यटन ब्यवसायीकरण गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रमा बोल्दै प्रिमियर इन्स्योरेन्सका सियो सुधिन उपाध्यले पर्यटन ब्यवसायको इन्स्योरेन्स महत्व पूर्ण अङ्ग रहेको बताए ।

उपाध्यले भने हिमाल चढ्न आउने ब्यातिहरुको इन्स्योरेन्स गर्नु आवश्यक किन भने आरोहणको समयमा घटना दूर्घटना हुदा उपचार, जीवनविमाको इन्स्योरेन्सले मद्दत पुग्ने बताए  ।

प्रर्जाको मिसनले नेपालीको मान–प्रतिष्ठा संग जोडिएको जसले गर्दा बिदेशमा रहेका नेपालीलाई गर्वको आवाश गराउने श्रेष्ठले बताए ।

कार्यक्रमा बोल्दै नाटाका पूर्व अध्यक्ष राम काजीले हामा स्टीललाई पर्यटन प्रर्वद्धनमा सहयोग हुने भन्दै धन्यवाद दिए ।

प्रर्जाको नयाँ कीर्तिमानी र अबको प्रयाशलाई विश्वसामु नेपालको प्रर्वतारोहणले पर्यटन क्षेत्रलाई बढाउनमा सहयोग मिल्ने अपेक्षा रहेको बताए  ।

...

 


मंगलबार, ०५ फागुन,२०७५

प्रतिक्रिया

Related