अर्गानिक नगदे बाली लोपहुदै गएपछि सहकारी मार्फत धमाधम विउ बैंङ्कको स्थापना

जुम्लाको अर्गानिक बाली लोपउन्मुख अबस्थामा
निर्माण सञ्चार, जुम्ला । जुम्लामा अर्गानिक नगदे बालीहरु लोपउन्मुख अबस्थामा रहेको छ ।

कृषि प्रति घट्दै गएको मोह तथा खेतीपाती गर्न छोड्नाले एक तर्फ लोभ भएको छ, भने, अर्को तर्फ खेती गर्ने विऊ समेत नपाउने अबस्था देखिएको छ ।

उत्पादन कम हुने र वर्षभरी खाएर सकिने भएकाले विउ अन्न पनि पाउन छोडेको स्थानीय गोविन्द दमाईले बताए ।

पहिलाको चिनो,कागुनो, कोदो गहत, भटमास सबै हराउन थाल्यो । यसमा स्थानीय किसानहरु गम्भीर हुनु पर्ने उनको सुझाब छ । स्थानीय सरकारले पनि रैथाने बाली सरंक्षणका लागि आबश्यक रणनीति लिनु पर्ने उनको भनाई छ ।

पछिल्लो समय रैथाने अन्न लोपहुदै गएपछि किसानले सहकारी मार्फत धमाधम विउ बंैकहरु स्थापना गर्न थालेका छन् ।

किसानले गाउँमा फल्ने रैथाने बालीको बीउ बैंकमा राख्ने र बैंकबाट बीउ लिएर खेती गर्ने गरेका छन् ।

तातोपानी २ मा अबस्थित पन्चदेवल विउ बैंकमा २४ प्रकारका रैथाने अन्नको विउ पाईन्छ उपाध्यक्ष हस्त दमाईले भने, हामीले रैथाने अन्नको महत्व तथा आबश्यता लाई मध्यनजर गर्दै विऊ बैंक स्थापाना गरेका हौ ।

अहिले २५ जना सदस्य छौ सबैलाई खेतीपाती गर्दा निकै सहज भएको संस्थाकी सदस्य गौकला दमाईले बताईन । एकदुई वर्ष पहिले विउ खोज्न गाउँ गाउँ धाउनु पथ्र्यो तर अहिले निकै सहज भएमो सुनाईन ।

३० बढि विउ बैक

चन्दननाथ नगरपालिकासहित तातोपानी, गुठीचौर, पातारासी, तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा बीउ बैंक स्थापना गरिएको हो ।

आठै स्थानीय तह गरी झण्डै ३० वटा भन्दा विउ  बैङकहरु स्थापाना भएका छन् । पछिल्लो समय जलवायु परिवर्तनले गाउँमा बीउको संकट पर्न थालेको छ ।

बीउ संकट टार्नका लागि बीउ बैंक स्थापना गरिएको हिमा गाउँपालिका–६, धाचुगाउँस्थित पुंगेलीमाई बीउ बैंककी अध्यक्ष विष्णुदेवी अधिकारीले बताईन । उनले भनिन, रैथाने बालीको माग बजारमा बढ्दै गएको छ, गाउँमा बीउको संकट टार्न पनि बैंक स्थापना आबश्यक रहेको छ ।

उहाँका अनुसार कृषकले उत्पादन गर्न चाहेको बालीको बीउ बैंकबाट लिने र पछि लिएको बीउमा एक किलो थपेर फिर्ता गर्ने गरेका छन् । ‘एक भारी खेतमा लगाउने बालीका लागि पनि बीउ खोज्न साहुको घरमा जानुपर्ने बाध्यता थियो ।

अहिले संस्था आएपछि हटेको स्थानीय लालु दमाईको भनाई छ । समयमा पानी नपर्ने, हिउँ नपर्ने, सुक्खा हुनेलगायत समस्याका कारण बीउको समस्या हुन थालेको उनी बताउँछन् ।

स्थानीय कृषकको सक्रियतामा सहकारी मार्फत बीउ बैंक स्थापना गरिएको जलवायु अनुकूलनसम्बन्धी काम गर्दै आएको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताएका छन ।

बीउ बैंकमा बीउ सुरक्षित राख्ने तरिका, भण्डारका लागि आवश्यक सामग्री र कृषकहरूलाई क्षमता अभिवृद्धिका तालिममा संस्थाले सहयोग गरिरहेको उनको भनाई छ ।

उँहाका अनुसार तातोपानी गाउँपालिकाको जर्मी, तिलाको डुन्डेली र हिमाको बागबजारमा बीउ बैंकका लागि भवननिर्माण गरिएको छ ।

स्थानीय तहमा बीउ बैंक स्थापना गर्दा साविक कृषि विकास कार्यालयले रैथाने बीउ उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका अधिकृत बालकराम देवकोटाले भनाइ छ ।

‘केही वर्षअघि घरघरमा क्विन्टलका दरले उत्पादन हुने रैथाने बालीको बीउ हराउँदै गएकाले बीउ बैंक स्थापनापछि संरक्षणमा टेवा पुगेको छ,’ उनले भने, ‘बीउ बैंकमा फापर, कोदो, चिनो, कागुनो, गहत, मास, तिलखुडो, सिमी, गहुँ, जौ, मकै, भटमास, मार्सी धानलगायत दुई दर्जनभन्दा बढी रैथाने बाली संकलन गर्ने गरिएको छ ।

एक गाउँ एक उत्पादन 

रैथाने बालीको संरक्षणका लागि प्रचारप्रसार, एक गाउँ एक उत्पादन, पकेट क्षेत्र निर्धारण, भण्डारणको व्यवस्था, सहज बजारीकरणको व्यवस्थापनलगायत पक्षलाई नीतिगत रूपमा कार्यान्वयन गर्न स्थानीय सरकार सक्रिय रहेको पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए ।

‘जुम्लाको पहिचान रैथानेबाली र उत्पादनसँग जोडिएको छ, उनले भने, ‘उत्पादन बढाउन कृषकमैक्री कार्यत्रम सञ्चालन गरिरहेका छौं । लोपोन्मुख अवस्थामा रहेका बाली उत्पादनका लागि सामूहिक खेती गर्ने कृषकलाई सहुलियतपूर्ण ऋणको व्यवस्था गरेको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताएका छन ।

भने तातोपानी गाउापालिका अध्यक्ष नवराज न्यौपानले पनि अर्गानिक उत्पादन लाई जोड दिएर पाँच वर्षमा खाद्य सुरक्षाको जाखिम कम गर्ने दाबी गरेका छन् ।

स्थानीय सरकारले कृषिबाटै समृद्धी ल्याउनका लागि एक गाउँ एक उत्पादनको नीति अघि बढाउन आबश्यक रहेएको बताँंछन ।

सागर परियार

...

 

बिहिबार, ०७ फागुन, ०७५

प्रतिक्रिया

Related