नेपाल-भारत फानल खेल आज: किन गरे समर्थकले नाराबाजी ?

दुई सय टिकट दर लाई ५ सय रुपिँया पुर्याएपछि समर्थकले गरे टिकट काउन्टर बन्द
निर्माण सञ्चार, विराटनगर साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको फाइनल खेलको ११ बजेदेखि खुल्ला गर्ने भनिएको टिकट काउन्टर अहिले बन्द छ ।

रातारात टिकट दर बढाएपछि समर्थकले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका छन् ।

फाइनल खेलका लागि विना सूचना टिकट दर बढाइएको भन्दै खेल हेर्न आउने दर्शकले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका हुन् ।

विराटनगरको शहिद रंगशालामा दिउँसो तीन बजे बाट उपाधिका लागी नेपाल र भारतबीच प्रतिस्प्रर्धा खेल हुने छ ।

 

 

...

शक्रबार, ०८ फागुन, ०७५

प्रतिक्रिया

Related