धनगढी–अत्तरिया सडकको चक्काजाम खुलेको केहि समयमै फेरी सडक अवरुद्ध

वार्ता गर्ने सहमतीपछि सडक सुचारु गरिएकोमा फेरी सडक आन्दोलन सुरु
निर्माण सञ्चार, कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको सुधार गृहमा कार्यरत २९ वर्षीय जनक ढुंगाल कार्यालयमा नै मृत अवस्थामा फेला परेका हुन ।

स्थानीयले घटनाको छानविनको लागी माग गर्दै धनगढी–अत्तरिया लगायतका वरपरका सडकखण्ड चक्काजाम गरेका छन  ।

 मृत बोराडाडीमा रहेको रिचमण्ड फेलोसिप (लागु पदार्थ पुनस्थापना केन्द्र) का स्टोरकिपर रुपमा कार्यरत थिए ।

मृत्यु शंकास्पद रहेको भन्दै छानविनको मागसहित स्थानीयबासीले विहानैदेखि चक्काजाम गरेका को हुन ।

चक्का जामका कारण केहिबेर सवारी आवागमन बन्द भएको थियो । मृतकका दाजु आन सिंह ढुंगालले प्रहरीले घटनामा दोहोरो चरित्र देखाइरहेकाले सत्यतथ्य छानविनको मागसहित ६ लेन सडक बन्द गर्नु परेको बताए ।

उनले पोष्टमार्ट रिपोर्ट सार्वजनिक गर्नुपर्ने, सुधार गृहका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीलाई दोहोरो चरित्र नदेखाई सत्यतथ्य छानविन गर्न आग्रह गरेका छन ।

कैलालीका प्रहरी प्रमुख आभूषण तिमिलसिनाले सुधार गृहका सञ्चालक आफ्नो निगरानीमा रहेको र अनुसन्धान भइरहेको बताए ।

उनले पोष्टमार्टम रिपोर्टपछि घटनाको बास्तबिकता थाहा हुने भन्दै बन्द रहेको सडक खुलाइएको जानकारी दिए ।

तिमिलसिना्ले सडक खुलाइएको जानकारी दिएको केहि समयपछी स्थानियले वार्ता र सडक संघर्ष संगसंगै लैजाने भन्दै फेरी सडक अवरुद्ध गरिएको बताउका छन्।

...

आइतबार, १० फागुन, ०७५

प्रतिक्रिया

Related