५० कार्यपत्र सहित तीनदिने अन्तर्राष्ट्रिय संस्कृत संगोष्ठी सम्पन्नः अर्काे वर्ष पनि हुँदैछ यस्तै सम्मेलन ?

७ बुँदे काठमाडौं घोषणा जारीः संस्कृत संगोष्ठी आलोपालो, स्कलर एक्स्चेन्ज कार्यक्रम संस्थागत रुपमा गरिने
निर्माण सञ्चार, काठमाडौं । लामो समयपछि नेपालमा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन सम्पन्न भएको छ ।

नेपाल भारतबीचको सांस्कृतिक सम्बन्धलाई समेत नयाँ उचाइ दिने उद्देश्यले आयोजित उक्त तीन दिने संस्कृत संगोष्ठीले विभिन्न लक्ष्यहरु सहितको ७ बुँदे काठमाडौं घोषणा जारी गरेको छ ।

‘संस्कृतः नेपाल भारत दुवैको साझा सम्पदा’ भन्ने नारामा आयोजित तिनदिने कार्यक्रमको पहिलो दिन ५ सय बढी संस्कृत विद्वानहरु कार्यक्रममा सहभागी भएको समापन समारोहमा बोल्दै कार्यक्रम निर्देशक प्रा. केदारनाथ शर्माले बताए ।

आफूले सोचेभन्दा राम्रो र भव्यतापूर्वक संगोष्ठी सम्पन्न भएको निष्कर्ष दिँदै प्रा. शर्माले आफ्नो नेतृत्वमा यसरी भव्यतापूर्ण तौरबाट सम्पन्न भएको कार्यक्रमले आफूलाई हौसला बढाएको बताए ।

काठमाडौंस्थित होटल र्याडिसनमा भएको उक्त संगोष्ठी नेपाल र भारतका गरी ५० वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

संगोष्ठी भारत सरकारको संस्कृति मन्त्रालय तथा नेपालस्थित भारतीय राजदूतावासको आयोजनामा भएको थियो । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र कार्यक्रमको मुख्य आयोजक रहेको थियो ।

कार्यक्रम मंगलबारदेखि बिहीबारसम्म भएको थियो ।

७ बुँदे घोषणा मार्फत् उक्त संगोष्ठीले नेपाल भारतबीच संस्कृत भाषामा लेखिएका पुराना पाण्डुलिपिहरुको खोज, सम्पादन, सम्वद्र्धन तथा संस्कृत अध्ययनका लागि सम्भावित समितिलाई समेत आकार दिएको छ ।

नेपाल र भारतका गरी अग्रणी संस्कृतज्ञहरु समेत रहेको ७ सदस्यीय समितिले हस्ताक्षर गरेको ७ बुँदे घोषणाले आगामी दिनमा नेपाल र भारतबीच गरिने कार्यक्रमको स्वरुप प्रकाशित गरेको छ ।

नेपाल र भारतले हरेक वर्ष आलोपालो संस्कृत संगोष्ठी गर्ने, विशेषज्ञहरु बीच आदानप्रदान कार्यक्रम गर्ने सहित योग र आयुर्वेद, ज्योतिष, साहित्य, दर्शन, पौराणिक विज्ञान आदिलाई प्रवद्र्धन गर्ने उक्त सात बुँदे घोषणापत्रमा उल्लेख छ ।

घोषणा पत्रले घोषत लक्ष्य प्राप्तिका लागि दुवै देशका सरकारसँग अनुरोध गर्ने पनि बताएको छ जसमा नेपालका विद्वानहरु प्रा. डा जयराज आचार्य, प्रा.डा काशिनाथ न्यौपाने, डा रमेश घिमिरे, डा गणेश घिमिरे, डा जयन्त आचार्य सहित भारतबाट प्रा डा केदारनाथ शर्मा, प्रा हरेकृष्ण सतपथी सहितका सात विद्वानको हस्ताक्षर रहेको छ ।

कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति प्रा गंगाप्रसाद उप्रेती सहित भारतीय राजदूत महामहिम मञ्जीभ सिंह पुरीले गरेका थिए, जहाँ संस्कृतिविद् सत्यमोहन जोशी, प्रतिष्ठानका सदस्य सचिव प्रा जगत् प्रेक्षित, सम्पदाविद् तथा प्राज्ञ दिनेशराज पन्त, प्राज्ञ एवम् डा देवी नेपाल, प्रा. जयराज आचार्य, डा काशिनाथ न्यौपाने लगायत नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपतिहरु सहभागी थिए ।

भारतबाट आएका विभिन्न विद्वानहरु– प्राध्यापक सत्यव्रत शास्त्री, प्रा. अभिराज राजेन्द्र मिश्रसहित भारतीय दूतावासस्थित कार्यक्रम निर्देशक प्रा केदारनाथ शर्मा लगायत दर्जनौं विद्वानहरु कार्यपत्र सहित सहभागी रहेको आयोजकले जनाएको छ ।

संगोष्ठीको समापन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले गरेका थिए ।

प्राज्ञ गुरुङले नेपाल र भारतबीचको सम्बन्ध एकअर्काेमा सम्मानजनक सहअस्तित्व सहित सांस्कृतिक तहमा धेरै मसिना मसिना कामहरु समेत गर्न सुझाएका थिए ।

समापन कार्यक्रममा भारतस्थित सम्पूर्णानन्द संस्कृत विश्विद्यालयका पूर्वकुलपति समेत रहेको प्रा डा मिश्र, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुरप्रसाद पौडेल, ज्ञानपीठ पुरस्कारबाट सम्मानित व्यक्तित्व डा शास्त्री, नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक समेत रहेका प्रा डा न्यौपाने, वाल्मीकि विद्यापीठका प्राचार्य डा गणेशप्रसाद घिमिरे तथा विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक प्रा डा केदारनाथ शर्मा लगायतले संस्कृत भाषाकै कारण नेपाल भारत सम्बन्ध, ज्ञान सम्बन्ध र कूटनीतिक सम्बन्ध पनि विभिन्न आयाममा विस्तारित भएको जस्ता धारणा राखेका थिए ।

वक्ताहरुले भारतवर्षमा संस्कृतको उन्नयनका लागि दुवै देशले उच्च तहबाटै काम गर्न सुझाएका थिए ।

१३ सत्रमा विभाजित ५० वटा कार्यपत्र सम्मिलत उक्त कार्यक्रमको निष्कर्ष आउने महिना दिन पछि पुस्तकाकार रुपमा प्रकाशित हुने आयोजकले बताएको छ ।

यस्तो छ सात बुँदे घोषणा पत्र  

 

 

  ...

 

शनिबार, ९ चैत, ०७५

 

प्रतिक्रिया

Related