प्रभु बैंकका एकै दिन दुई नयाँ शाखा

निर्माण सञ्चार, काठमाडौं । प्रभु बैंकले एकै दिन दुइटा शाखा विस्तार गरेको छ । बैंकले आइतबार छुट्टा छुट्टै स्थानमा भिन्नाभिन्नै कार्यक्रम गरी आफ्ना दुई नयाँ शाखा विस्तार गरेको हो ।

प्रभु बैंकले संखुवासभाको खाँदबारी र उदयपुरको त्रियुगा नगरपालिकामा आफ्नो नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

बैंकले खाँदबारी नगरपालिका स्थित खाँदवारी शाखा कार्यालयको खाँदवारी नगरपालिका मेयर मुरारी प्रसाद खतिवडा बाट उद्घाटन गराएको थियो ।

त्यस्तै, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका स्थित गाईघाट शाखाको उद्घाटन प्रदेश सभासद हिमाल कार्कीले गरेका थिए । सोही दिनदेखि सञ्चालनमा आएका बैंकका गाईघाट शाखा र खाँदवारी शाखाबाट स्थानीय सेवाग्राही तथा सर्वसाधारण लाभान्वित भएको बैंकले जनाएको छ ।

यसबाट बैंकले विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा लिन सक्ने जनाएको छ ।

 

 

...

सोमबार, ११ चैत, ०७५

 

प्रतिक्रिया

Related