नेकपा निकट निर्माण व्यवसायी प्रदेश भेला सम्पन्नः ३ नम्बर प्रदेश– कमिटी घोषणा

कमिटीहरु चाँडै टुंगिदै बाँकी कमिटीहरु
निर्माण सञ्चार काठमाडौं । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणपश्चात् बनेको नेकपा अन्तर्गत नेपाल निर्माण व्यवसायी संगठनको प्रदेश नम्बर ३ को प्रथम भेला सम्पन्न भएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न भेलाले सुरेन्द्र पाठकको संयोजक लगायत २ जना सह संयोजक कमल कडारीया र छवि गौतम, सचिवमा अकुर प्रसाद गौतम, उधव कार्कि अनि कोषाध्यक्षमा केदार बुढाथोकी, खेम कँडेल लगायतको ३५ सदस्यीय प्रदेश तदर्थ कमिटी घोषणा गरेको छ ।

उप्क्त भेलाले प्रदेश ३ अन्तर्गत रहेका १३ जिल्लाका संयोजक र सह–संयोजक पनि चयन गरेको छ ।

भेलासँगै अब निर्माण व्यवसायीले भोगिरहेका समस्यालाई सुत्रबद्ध गर्दै सरकारसँग सहकार्यकासाथ अगाडि बढ्ने संगठनको नीति रहेको प्रदेश नम्बर ३ इन्चार्जले बताए ।

भेलामा सहभागीहरुले सरकार निर्माण व्यवसायीप्रति त्यति सकारात्मक बन्न नसकेको भन्दै गुनासो पनि गरेका छन् ।

गत भदौ २९ गते तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्रआबद्ध निर्माण व्यवसायीको बीचमा एकिकरण भएर नेपाल निर्माण व्यवसायी संगठन गठन भएको थियो ।

उप्क्त एकता पछी संगठन बिस्तारका लागी अन्य ६ वटा प्रदेशहरुमा भने एक महिना भित्र कमिटी गठन गरीसक्ने लक्ष्यका साथ नेपाल निर्माण ब्यवसायी संगठन अगाडी बढिरहेको भेलामा भनिएको हो ।

उप्क्त भेलामा विशिष्ट अतिथिका रुपमा प्रदेश नम्बर ३ इन्चार्ज अष्टलक्ष्मी शाक्य रहनु भयको थियो ।

शाक्यले कार्यक्रमा बोल्दै नेपाल निर्माण ब्यवसायी संगठनको प्रदेश कमिटी अबको १ महिना भित्रमा अन्य ६ वटा प्रदेशमा कमिटी गठन गरीसक्ने बताएकी छन ।

उनले प्रदेश समेती गठन पछि तत्काल जिल्ला कमिटी गराई संगठनको विस्तारलाई तिव्र रुपमा लैजाने समेत बताएकी छन ।

शाक्यले नँया नेपाल निर्माणका लागी निर्माण व्यवसायीहरु जोडदारका साथ अगाडी बढनुपर्ने तब मात्र समृद्ध नेपाल सुखी नेपालको परीकल्पना सार्थक हुने त्यसका लागी संगठन अगाडी बढिरहेको बताएकी छन ।

...

आइतबार, २४ चैत, ०७५

प्रतिक्रिया

Related