ग्रील तथा स्टील व्यवसायी महासंघले मनायो रजत महोत्सवः मोहन कटुवाल सहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन

नयाँ अठोट साथ अघि बढ्ने प्रण (नयाँ कार्यसमितिको नामावली सहित)
निर्माण सञ्चार, काठमाडौं । २५ औं वर्षमा लागेको ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले आफ्नो रजत जयन्ती विशेष समारोह सम्पन्न गरेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा उद्घाटन गरिएको रजत जयन्ती विशेष समारोह उद्घाटन पछिको बन्द सत्रको हलले नयाँ नेतृत्व समेत चयन गरेको छ ।

राष्ट्रिय सभागृहमा आयोजित रजत जयन्ती विषेश समारोहको बन्द सत्रले अध्यक्षमा पुनः मोहन कटुवाल सहितको ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

आजभन्दा ठीक २५ वर्ष अघि संघका रुपमा गठन भएको ग्रील व्यवसायीहरुको साझा संस्था ग्रील तथा स्टील व्यवसायी महासंघ आजका दिनमा संघ, संस्था हुँदै महासंघका रुपमा विकास भएको निजी क्षेत्रको एउटा शक्तिशाली सरोकारवाला निकायका रुपमा स्थापित संस्था हो ।

अन्य निजी क्षेत्र जस्तै सशक्त रुपमा उदाउँदै गरेको यो महासंघ साना तथा घरेलु उद्यमीहरुको साझा संस्था हो, जुन यतिबेला देशव्यापी रुपमा स्थापना भएको छ ।

देशैभरका ५७५ प्रतिनिधि सहभागी यो साधारण सभामा उद्योग वाणिज्य महासंघ, साना तथा घरेलु उद्योग महासंघ, चेम्बर अफ कमर्स, हेभी इक्विप्मेन्ट महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, उद्योग परिसंघ, आल्मुनियम व्यवसायी संघ लगायत निजी क्षेत्रको प्रत्यक्ष सहभागी भएका थिए ।

परम्पारगत रुपले जातीय तथा घरेलु घेराभित्र रहेको ग्रील तथा स्टील उद्योग आज मुलुकको अर्थतन्त्रको एउटा हिस्सा बनेको आयोजकको दाबी छ ।

नेपालमा ६४ जिल्लामा क्रियाशील महासंघ अबका दिनमा अझै व्यापक र सरोकारवालाहरुका बीचमा सशक्त रुपमा उभिने नवनिर्वाचित अध्यक्ष कटुवालले बताए ।

मुलुकले बोकेको आर्थिक समृद्धिको कार्यक्रमलाई आफ्नो क्षेत्रबाट सहकार्य समेत गर्ने बताएका अध्यक्ष कटुवालले सरकार समक्ष आफ्नो व्यावसायिक क्षेत्रका मागहरुको सम्बोधन गर्न समेत आग्रह गरेका छन् ।

महासंघसँग यतिबेला ११ हजार बढी व्यवसायीहरु आबद्ध छन् भने यस क्षेत्रमा दक्ष र अर्धदक्ष गरी १ लाख ६० हजारको संख्याले रोजगारी पाएका छन् ।

यो क्षेत्रले वार्षिक ४५ अर्ब रुपियाँ बढीको कच्चा पदार्थको कारोबार गर्ने गरेको छ । यतिबेला मुलुक फलामजन्य सामग्रीमा आत्मनिर्भर समेत भइसकेको महासंघको दाबी छ ।

आजका दिनमा नेपालबाट फलाम तथा ग्रीलजन्य सामानहरु भुटान, तिब्बत, बंगलादेश लगायत विदेशमा समेत निर्यात हुने गरेको छ ।

तर, सरकारले भन्सारदेखि करसम्मका विषयमा निर्यात प्रवद्र्धन हुने खालको नीति नलिँदा नेपालका साना उद्योगहरु आयात र निर्यातजन्य व्यवसायमा मर्कामा पर्ने गरेका छन् ।

भारतसँग कच्चा पदार्थ आयातमा बढी भन्सार कर तिर्नु पर्ने तर उतातिरबाट तयार सामान ल्याउँदा सस्तो हुनेखालको सरकारी नीतिले आज अन्य उद्योगहरुलाई पनि असर परेको निजी क्षेत्रको गुनासो छ ।

नेपाल सरकारको भन्सार नीतिका कारण आज पनि पेपर आयात गरी नेपालमा पुस्तक छपाउँदा भारतमा भन्दा महँगो हुने तर भारतमै पुस्तक छपाएर नेपाल ल्याउँदा भने सस्तो हुने अवस्था छ ।

यही अवस्था कच्चा पदार्थ विदेशबाट ल्याएर चलाउने व्यवसायका हकमा पनि लागू हुन्छ ।

ग्रील व्यवसायका ‘लेजेन्डरी फेलो’ निरञ्जन सम्मानित

निरञ्जनकुमार श्रेष्ठ ग्रील तथा स्टील व्यवसायी महासंघको इतिहासमा यस्तो पात्र हुन्, यो संस्थाको नाम लिँदा उनको नाम अनिवार्य रुपमा जोडिएर आउँछ ।

२०४७ सालको परिवर्तन पछि उत्साही हुँदै संस्थागत विकासको अपेक्षा राख्ने निजी क्षेत्रहरु मध्ये ग्रील तथा स्टील व्यवसाय पनि एउटा हो ।

फलामजन्य काम गर्ने परम्पारगत घेरामै रहेर पनि आफूलाई युग अनुकूल विकास गराउने सपना सहित आजभन्दा २५ वर्ष अघि यस संस्थालाई जन्मदिने संस्थापकहरु मध्ये एक हुन् निरञ्जन कुमार श्रेष्ठ ।

तत्कालीन समयमा संघका रुपमा जन्मिएको यो संस्थालाई स्थापना गर्दाको अनुभव बताउँदै संस्थापक श्रेष्ठले भने, ‘पहिलो पटक २०४९ सालमा हामीले यो पेसालाई संगठित रुपको नयाँ मोड दिने प्रयत्न गरेको थियौं । वर्षभरि जति यो व्यवसायमा लागेका साथीहरुलाई भेटघाट गर्दै कुरा बुझाउँदा बुझाउँदै आजको महासंघको जग बसालेका थियौं ।’  

सरकारले भन्सारदेखि करसम्मका विषयमा निर्यात प्रवद्र्धन हुने खालको नीति नलिँदा नेपालका साना उद्योगहरु आयात र निर्यातजन्य व्यवसायमा मर्कामा पर्ने गरेका छन् । भारतसँग कच्चा पदार्थ आयातमा बढी भन्सार कर तिर्नु पर्ने तर उतातिरबाट तयार सामान ल्याउँदा सस्तो हुनेखालको सरकारी नीतिले आज अन्य उद्योगहरुलाई पनि असर परेको निजी क्षेत्रको गुनासो छ 

उनले अघि भने, ‘त्यतिबेला मधुबहादुर कार्की, म (निरञ्जनकुमार श्रेष्ठ), प्रेमध्वज कुँवर, कृष्णगोपाल राजवंशी, किशोरलाल श्रेष्ठ, यज्ञदाश श्रेष्ठ, हेमन्त श्रेष्ठ, भगतकुमार श्रेष्ठ मदन राण ईश्वरी भट्टराई, रामप्रवेश शर्मा र राजकुमार राणाले २०५० साल असार ५ गते नेपाल ग्रील उद्योग व्यवसायी संघ स्थापना गर्ने निर्णय गरेका थियौं । फलतः यसको जन्म भएको थियो ।’

यसरी संस्था स्थापनादेखि आजसम्म नै विभिन्न जिम्मेवारीमा रहेर संस्थाको विकासमा अहोरात्र खटेका उनलाई महासंघले आफ्नो रजत जयन्ती अवसरमा सम्मान गरेको हो ।

महासंघले उनी सहित संस्थापक सदस्य कृष्ण गोपाल राजवंशीलाई पनि सम्मान गरेको छ ।

त्यस्तै, सम्मानित हुनेहरुमा चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, एफएनसिएसआईका अध्यक्ष श्याम गिरी पनि सम्मानित भएका छन् । महासंघले आफू अन्तर्गत उत्कृष्ट जिल्लालाई पनि सम्मान गरेको छ ।

उत्कृष्ट जिल्लाका रुपमा मकवानपुर सम्मानित भएको वरिष्ठ उपाध्यक्ष निरञ्जन कुमार श्रेष्ठले जानकारी दिए ।

 

निर्वाचन समितिले उपलब्ध गराएको नवनिर्वाचित कार्यसमितिको नामावलीः

 

 

 

 

 

 

...

सोमबार, २५ चैत, ०७५

 

प्रतिक्रिया

Related