जुट्यो अरुण तेस्रोमा लगानी, भारतीय र नेपाली बैंकहरुले ओइराए पैसा

९ सय मेगावाट आयोजना कहिलेसम्म बन्ने छ अब ?
निर्माण सञ्चार, काठमाडौं । गत वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रोमा भारतीय कम्पनी सतलजले लगानी जुटाएको घोषणा गरेको छ ।

नेपालमा भइरहेको लगानी सम्मेलनका अवसरमा उक्त कम्पनीले स्टेट बैंक अफ इन्डिया (एसबिआई) तथा नेपालका दुई कमर्ससियल बैंकहरु क्रमशः एभरेस्ट तथा नबिल बैंकबाट ऋण जुटाउन सकेको हो ।

यी बैंकहरुले संयुक्त रुपमा लगानी गर्ने भएका छन् ।

आज भएको सहमति अनुसार अरुण तेस्रोमा एसबिआई बैंकले ६ हजार ५६० करोड तथा नेपाली दुई बैंक एभरेष्टले ८१२.६१ करोड र नविल बैंकले ४८७.५८ करोड ऋण दिने भएका हुन् ।

यस अघि लगानी नजुटेका कारण वित्तीय व्यवस्थापन देखाउन नसकेको प्रवद्र्धक सतलज कम्पनी भौंतारिरहेको थियो ।

अरुण तेस्रो आयोजनाको कूल लागत १ हजार २२८.८५ करोड रकम रहेको छ ।

 

जस अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण अर्थात् बुट प्रणालीमा आयोजना अगाडि बढाइएको थियो । ९ सय मेगावाट मध्ये १९७ मेवा विद्युत् नेपालले निःशुल्क पाउने सहमति रहेको छ । तर, बाँकी बिजुली कम्पनीले भारत निर्यात गर्नेछ

यो आयोजना सम्पन्न गर्ने बारे सन् २०१४ मै नेपालको लगानी बोर्ड र आयोजनाको प्रवद्र्धक सतजल विद्युत् निगमबीच परियोजना विकास सम्झौता भएको थियो ।

सम्झौता पछि सो कम्पनीले सङ्खुवासभामा उक्त आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाका अनुसार आजसम्ममा परियोजनाको १५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भइसकेको अवस्था छ ।

नेपाल भारतबीच भएको सम्झौता अनुसार जलप्रवाहमा आधारित यस आयोजनाको निर्माण सार्वजनिक–निजी साझेदारीअन्तर्गत भइरहेको छ ।

जस अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण अर्थात् बुट प्रणालीमा आयोजना अगाडि बढाइएको थियो । ९ सय मेगावाट मध्ये १९७ मेवा विद्युत् नेपालले निःशुल्क पाउने सहमति रहेको छ ।

तर, बाँकी बिजुली कम्पनीले भारत निर्यात गर्नेछ।

आयोजनाबाट नेपालले कूल १ खर्ब ६ अर्बभन्दा बढी रोयल्टी पाउने छ भने ७७ अर्ब बढी राजश्व पाउने बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

यो आयोजना सञ्चालनमा आएको २५ वर्षपछि पूर्ण सञ्चालित अवस्थामा नै नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।

 

 

 

...

शनिबार, १६ चैत, ०७५

 

प्रतिक्रिया

Related