चौधरी ग्रुपको नयाँ उचाइः ४ लगानी क्षेत्रमा चारवटै सम्झौता !

टेलिकम बिजनेसमा छिर्यो चौधरी ग्रुप-- टेलिकम, सोलार र लजिस्टिकमा विदेशी लगानी भित्र्याउने पक्का
निर्माण सञ्चार, काठमाडौं । लगानी सम्मेलनलाई स्वर्ण अवसरका रुपमा क्यास गर्न सक्ने नेपालको उद्योग क्षेत्रमध्ये चौधरी ग्रुप अग्रणी देखिएको छ ।

यसले लगानी सम्मेलनको दोस्रो दिन आफ्नो योजना अनुरुप लगानी गर्ने चार आयोजनामा चार विदेशी कम्पनी भित्र्याउने पक्का भएको हो ।

चौधरी ग्रुपका तर्फबाट निर्वाण चौधरीले उक्त आयोजनामा हस्ताक्षर सहित सम्झौता गरेका छन् । ग्रुपले एकैपटक ४ वटा लगानी पत्रमा चारवटा सम्झौता गरेको हो ।

कुन कुनसँग के कस्तो भयो सम्झौता ?

शनिबार भएको सम्झौता अनुसार ग्रुपले मिल्टी मोडल लजिस्टिकवाला सर्राफ ग्रुपसँग एमओयू गरेको हो ।

योसँगै उक्त ग्रुपले ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर कम्पनीलाई पनि भित्र्याउने भएको छ ।

लगानी सम्मेलनको अन्तिम घडीमा ग्रुपले उक्त कम्पनीसँग पनि समझदारी गर्न सफल भएको छ ।

टेलिकम बिजनेसमा छिर्यो चौधरी ग्रुप

दूरसञ्चार सेवामाथिको लगानीको भविष्य भएको मुुलुक नेपालमा चौधरी ग्रुपको शक्तिशाली प्रवेश भएको छ ।

यस अघि नै तयारी गरिसकेको यस क्षेत्रको व्यवसायमा ग्रुपले सिजी टेलिकममा आफ्नो साझेदारका रुपमा टेलिसेलसँग पनि समझदारी गरेको छ ।

लामो समय अघिदेखिको गृहकार्यको सफलताका रुपमा सिजीले शनिबारको लगानी सम्मेलनमा उक्त सम्झौतापत्रमा हस्ताक्षर नै गरेको हो ।

त्यस्तै, शनिबारै सिजीले सोलार प्लान्ट राख्नेबारे प्रदेश २ सरकारसँग पनि समझदारी गरेको छ ।

समझदारीमा चौधरी समूहका निर्वाण चौधरी र प्रदशे २ का मुख्यमन्त्री लालबाबु राउत आफैंले हस्ताक्षर गरेका छन् ।

 

...

आइतबार, १७ चैत, ०७५

 

प्रतिक्रिया

Related