लगानी सम्मेलनले एफक्यानलाई पनि दियो नयाँ उचाइः म्यानमार लाइसेन्स एसोसिएसनबीच पूर्वाधारमा समझदारी

निर्माण सञ्चार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र म्यानमार लाइसेन्स एसोसिएसनबीच पूर्वाधार विकासका लागि सहकार्य गर्दै अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

लगानी सम्मेलन समापनका क्रममा महासंघ र एसोसिएसनका पदाधिकारीहरुबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

एफक्यान नेपालको पूर्वाधार क्षेत्रमा संलग्न उद्यमीहरुको निजी क्षेत्रको प्रतिनिधि संस्था हो ।निर्माण क्षेत्रमा लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले गरेको यो समझादारी ऐतिहासिक रहेको छ

समझदारी पत्रमा नेपाल निर्माण व्यवसायी महासंघको तर्फबाट अध्यक्ष रवि सिंह र म्यानमार लाइसेन्स एसोसिएसनको तर्फबाट मोई क्याथूले हस्ताक्षर गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री डाक्टर युवराज खतिवडा, उद्योग मन्त्री मातृका यादव र लगानी बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीको उपस्थितिमा सिंह र थूले हस्ताक्षर गरेका हुन् ।

महासंघ अध्यक्ष सिंंहले म्यानमार लाइसेन्स एसोसिएसनका प्रतिनिधिलाई मायाको चिनो हस्तान्तरण गर्दै नेपालको भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

एफक्यान नेपालको पूर्वाधार क्षेत्रमा संलग्न उद्यमीहरुको निजी क्षेत्रको प्रतिनिधि संस्था हो । निर्माण क्षेत्रमा लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले गरेको यो समझादारी ऐतिहासिक रहेको छ ।

सरकारी तथा निजी क्षेत्रका कुल १५ परियोजनामध्ये १३ परियोजना लगानी समझदारी र दुईवटा परियोजनामा लगानी घोषणा सहित शनिबार नेपाल लगानी सम्मेलन २०१९ समापन भएको थियो ।

 

 

...

आइतबार, १७ चैत, ०७५

 

प्रतिक्रिया

Related