सोमबारदेखि ३ महिनासम्म १० घन्टा बन्द हुँदै त्रिभुवन विमानस्थल, मर्मत सम्भार हुँदै

निर्माण कार्य सकिन कम्तीमा ३ महिना लाग्ने
निर्माण सञ्चार, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । बन्द हुने क्रम आउने ३ महिनासम्म जारी रहने विमानस्थलले जनाएको हो ।

विमानस्थल धावन मार्ग पूर्णरुपमा निर्माण गरिन थालिएकाले दिनको १० घण्टा निर्माण अवधिभित्र विमानस्थल बन्द गरिनु परेको जनाइएको छ ।

विमानस्थल महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए अनुसार विमानस्थल धावनमार्गको यतिबेला मर्मत भइरहेको छ ।

निर्माण कार्य सकिन कम्तीमा ३ महिना लाग्ने छ ।

उनले दिएका जानकारी अनुसार धावन मार्ग तथा ट्याक्सी आवागमन हुने मार्गको पिच गर्ने तथा बाटोको रुट नै बदलिने हुँदा यसरी बन्द गर्नु परेको हो ।

कसले बनाउँदै छ ? कहिले सकिदै छ ?

यो विमानस्थलको निर्माण कार्य चिनियाँ तथा नेपाली निर्माण कम्पनीले गरिरहेका छन् ।

क्षेत्रीले दिएको जानकारी अनुसार धावनमार्ग स्तरोन्नतिका लागि गएको नोभेम्बरमा चिनियाँ निर्माण कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इञ्जिनियरिङ कर्पाेरेसनसँग ठेक्का सम्झौता गरेको थियो ।

यो सम्झौता क्यानले गरेको हो । सम्झौता अनुसार धावन मार्गको मर्मत अवधि अप्रिल १, २०१९ देखि आउने जुन ३० सम्म रहने छ ।

निर्माण कम्पनीले मर्मतका लागि रातको १० बजेपछि बिहान ७ बजेसम्म काम गर्ने छ भने बिहान ८ बजेदेखि रातको १० बजेसम्म १४ चाहिँ विमानस्थल खुला रहने छ ।

पर्यटन मन्त्री रवीन्द्र अधिकारीका पालामा विमानस्थल २२ घण्टा सञ्चालनमा ल्याइएको हो । हाल विमानस्थलको ३ किलोमिटर लामो एक मात्र धावन मार्गको मर्मत भइरहेको छ ।

यसका लागि ३ महिना लाग्ने बताइएको छ ।

काठमाडौं लुक्का ३ महिना बन्द

जानकारी अनुसार विमानस्थल धावनमार्ग निर्माण अवधिभर हाल भइरहेको काठमाडौं लुक्ला आन्तरिक उडान भने स्थगित भएको छ ।

यसको विकल्पका रुपमा विमानस्थलले रामेछापको मन्थली विमानस्थललाई प्रयोगमा ल्याएको बताएको छ । लुक्लाका लागि आउने पर्यटकहरु रामेछापको मन्थलीबाट मात्रै लुक्ला जान सक्ने छन ।

...

सोमबार, १८ चैत, २०७५

प्रतिक्रिया

Related