हिमालय एअरलाइन्सले थाल्यो अबुधाबीमा उडान

निर्माण सञ्चार, काठमाडौं । नेपालको निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्दै आएको हिमालय एअरलाइन्स्ले उडान क्षेत्रमा अर्काे कदम अगाडि बढाएको छ ।

एअरलाइन्स्ले नेपालको काठमाडौं देखि युएईको सम्पन्न र व्यस्त शहर अबुधाबीमा हप्ताको तीन दिन उडान भर्नेछ ।

यो नेपाली हवाई सञ्जाल मध्यपूर्वी मुलुकमा विस्तार गर्ने र सम्बन्ध अझ मजबूत बनाउने हाम्रो प्रतिबद्धताको प्रतिफल हो । हिमालय एअरलाइन्स्को एचनाइन ५६७ विमानले काठमाडौंबाट अबुधाबीको लागि उद्घाटन उडान गरेको छ ।

काठमाडौंको त्रिभुवन विमानस्थलबाट १४८ यात्रु सहित २१ः३० मा अबुधाबी उडेको एअरलाइन्स्को एचनाइन ५६७ विमानले अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार ००ः५३ मा अवतरण गरेको थियो ।

फीर्ति उडान अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट १५० यात्रु सहित एचनाइन ५६८ विमान अप्रिल १, २०१९ मा स्थानीय समय ०२ः३१ मा उडान भरेर काठमाडौंको त्रिभुवन विमानस्थलमा स्थानीय समय ०८ः४१ बजे अतवरण गरेको छ ।

युएईका लागि स्थानीय बजार व्यवस्था कार्य हेर्न एअरलाइन्स्ले फिशटेल ट्राभल एण्ड टुरिजमलाई नियुक्त गरेको छ । प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको विमानद्घारा प्रत्येक मंगलबार, बिहीबार र आइतबार एअरलाइन्स्ले आफ्नो नयाँ उडान भर्नेछ ।

बिदा, व्यावसायिक यात्रा तथा छोटो बसाइ लाई मध्य नजर गर्दै उडानको तालिका तयार गरिएको हो । ‘काठमाडौैं र अबुधाबीबीच सीधा उडानको सुरुवात गर्न पाउँदा हामी एकदमै उत्साहित भएका छौं ।

सीधा र पूर्णकालीन सेवा सञ्चालनका लागि दुबै बजारबाट व्यापक माग छ, र हामीले ग्राहकको माग अनुरुप यो कदम उठाएका हौं ।

नेपाल र युएईबीच व्यावसायिक र सांस्कृतिक सम्बन्ध प्रगाढ बन्दै गएको छ ।

यी दुई देशबीचको व्यापार तथा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेकोमा पनि हिमालय एयरलाइन्स्ले गौरवान्वित महसुस गरेको छ ।

हामी आशा गर्छौं, यो नयाँ सञ्जालले युएईबाट नेपाल आउने यात्रु आवागमन सहज बनाउनेछ। व्यावसायिकरुपमा सफलतापूर्वक सञ्चालनमा आएको हिमालयन एयरलाइन्सले सेवाको ३ बर्ष छिटै पुरा गर्दैछ ।

यसै सन्दर्भमा हामी अबुधाबीलाई हिमालय एयरलाइन्सको सञ्जालमा जोड्न सफल भएकोमा हामी अत्यन्त खुसी छौं,’ उपाध्यक्ष विजय श्रेष्ठ बताउँछन् ।

तेल र व्यवसायमा ठूलो छलाङ मारेको युएईको राजधानी र दोस्रो बढी जनसंख्या भएको शहर हो, अबुधाबी । विश्वकै पर्यटकीय आकर्षणको रुपमा चर्चित शहर अबुधाबीमा घुम्न पर्यटकहरु सदा लालायित देखिन्छन् ।

के हो हिमालय एयरलाईन्स् प्रा.लि ?

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अष्टमा स्थापित हिमालय एअरलाइन्स् अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउ“दै आएको एक निजी एअरलाइन्स् कम्पनी हो ।

उच्च पहाडी भागलाई संकेत गर्ने ‘हिमालय’ शब्दले राष्ट्रको नाम उ“चो राखे जसरी नै हिमालय एयरलाइन्स्ले पनि आफ्नो पहिचान अन्तर्राष्ट्रिय जगतमा उ“चो बनाउन स“धै तत्पर छ ।

सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।

अहिले हिमालय एयरलाइन्स्ले दोहा, क्वालालम्पुर, दुबई र दमाममा उडान सेवा भर्दै आएको छ र अब अबुधाबी नया“ गन्तव्य स्थान बनेकोछ ।

यी गन्तव्य स्थलहरुमा ८ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउ“दै आएका छन् ।

सन् २०१९ मा हिमालय एअरलाइन्स्ले चीन कनेक्टिभीटीलाई मध्यनजर गर्दै बेइजिङलाई आफ्नो सञ्जालमा जोड्ने र आफ्नो विस्तार अन्य शहरहरु नाङचाङ, वुहान, चाङ्सा, न्यानिङसम्म पु‍्याउने योजना बनाएको छ ।

निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान भर्नका निम्ति एअरलाइन्सले ए ३१९ जहाज खरिद गर्ने योजना पनि बनाएको छ ।

हिमालय एअरलाइन्स् सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड(साटा) को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स इन साउथ एसिया’ अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित भएको छ ।

यस अवार्डले गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तारमा यस एअरलाइन्स्ले गरेको अथक प्रयासको सम्मान गरेको छ र आगामी दिनमा उड्डयन क्षेत्रमा अझै परिस्कृत हु“दै जाने उर्जा प्रदान गरेको छ ।

उडानमा समय व्यतित गर्न तथा मनोरञ्जन उपलब्ध गराउनका निम्ति सिनेमा, संगीत, विभिन्न टेलिभिजन कार्यक्रम तथा डकुमेन्ट्रहरु समेतको सुविधा उपलब्ध गराउ“दै आएको छ ।

यसका अतिरिक्त ज्ञानका लागि डा“फे पत्रिकासमेत उपलब्ध गराउने गरेको छ ।

‘अथिति देवो भवः’ ग्राहक नै भगवान भन्ने नेपाली परम्परालाई मनन् गर्दै हाम्रा आदरणीय यात्रुलाई उच्च नेपाली आतिथ्यता प्रदान गर्न हरपल संघर्षरत रहने एयरले बताएको छ ।

एयरलायन्सबारे थप जानकारी चाहिएमा ब्राण्ड र सेवा सुधार विभाग हिमालय एअरलाइन्स् प्रा. लि.को टेलिफोन ः +९७७ १४४२२४५४/४४२२३५३ वा इमेल bsid@himalaya-airlines.com,  www.himalaya-airlines.com मा सम्पर्क गर्न सकिने उसले बताएको छ ।

 

 

...

मंगलबार, १९ चैत, ०७५

 

प्रतिक्रिया

Related