नेपाल लघु जलविद्युत विकास संस्थाको साधारण सभा सम्पन्न

एक मेगावाटको क्षमताका जल विद्युत आयोजनाको अधिकार स्थानिय सरकारको मातहतमा
निर्माण सञ्चार काठमाडौं । नेपाल लघु जलविद्युत विकास संस्थाको बुधवार राजधानीमा सुरु भएको २६ औं बार्षिक साधारणसभामा सम्पन्न भयको छ ।

जलस्रोत तथा सिंचाई सचिव दिनेश कुमार घिमिरे प्रमुख अतिथिमा कार्यक्रमा लघु जलविद्युत लगायत वैकल्पिक ऊर्जाका प्रविधिहरु नेपालमा उपयोग गरिएका प्रविधिहरुको प्रर्वद्र्न र विकास गर्न सरकारले अत्यावश्यक नीति र कार्यविधि तयार गरिसकेको जानकारी दिएका छन् ।

उनले नीति र कार्यविधिले लघु जलविद्युत आयोजनाको निर्माणमा क्रियाशिलता थपिने र निजी क्षेत्रको सहभागिता वृद्धि भई अत्याधिक जनताले यस क्षेत्रबाट लाभ पाउन सक्ने बताए ।

वैकल्पिक ऊर्जा प्रर्वद्र्न केन्द्रका कार्यकारी अधिकृत मधुसुधन अघिकारीले सरकार र निजी क्षेत्रको सहभागितामा अघि बढेको वैकल्पिक ऊर्जा अभियान सफल रहेको बताए ।

उनले आउँदा दिनमा लघु जलविद्युत प्रविधिहरुको कार्यक्षमता वृद्धि गर्ने बेला आइसकेको बताए ।

संस्थाका अध्यक्ष कृष्ण देवकोटाले लघु जलविद्युत क्षेत्रमा क्रियाशील निजी व्यवसायीहरु समय सापेक्षितरुपमा अघि बढ्न सरकारको नीति तथा कार्यक्रमहरु व्यवसायमैत्री हुनुपर्ने बताए ।

नेपाल सरकारको १० बर्षभित्रको १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको कार्ययोजना अधि सारेर यस तथ्यलाई पुष्टि गरेको तर झण्डै एकतिहाई जनता अझै राष्टिय प्रसारण लाइनको पहुँचमा बाट परै रहेको उनले बताए ।

देवकोटाले भने, सरकारको धर धरमा विद्युतीय चुलो पुरर्याउने अभियानलाई सहयोग गर्नका लागि संञ्चालित लघु जल विद्युतले आयोजनामा प्रयोग भयका पुराना इन्क्याण्डिसन बल्व हटाई लेड बल्व प्रयोगमा ल्याइयो भने अहिलेको उर्जाको ५० प्रतिशत उर्जा खाना पकाउन सकिन्छ, त्यसैले सम्बन्धित निकायलाई ध्यान दिन अनुरोध गरे ।

एक मेगावाटको क्षमताका जल विद्युत आयोजनाको अधिकार स्थानिय सरकारको मातहतमा रहेकोले वर्तमान परिपेक्षमा यस्ता आयोजनालाई परिभाषित गरी लाइसेन्स लिने तथा पि. पि. ए बनाइ सहजिकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिन सिंचाई सचिवलाई देवकोटाले अनुरोध गरेका हुन ।

उनले संस्था त्यसको लागि लागिपरेको बताए । देवकोटाले व्यवसायीहरुलाई काम गर्न सहज विधि र वातावरण निर्माण जरुरी रहेको बताए ।

कार्यक्रमा विद्युत विभागका महानिर्देशक मधु प्रसाद भेटवाल, दक्षिणकाली नगरपालीका प्रमुख महेश वस्नेत, पूर्व मन्त्री गणेश साह लगायका व्याक्तित्वले भनाई राख्नु भयको थियो ।

लघु जलविद्युत लगायत वैकल्पिक ऊर्जाका प्रविधिहरु अझ सर्वसुलभ तुल्याउन र व्यापकता बढाउनका लागि निजी क्षेत्रका व्यवसायीहरुको क्षमता अभिवृद्धि सरकारका नीति तथा कार्यविधि प्रभावकारी हुनुपर्ने बताएका थिए ।

नेपाल विकट हिमाली तथा पहाडी जिल्लाहरुमा बसोबास गर्ने जनतालाई उज्यालो दिन लघु जलविद्युत प्रविधिहरु सहयोगी बन्दै आएका छन् ।

विशेषगरी नेपालकै यन्त्र–उपकरण र नेपाली प्राविधिकहरुबाटै निर्माण हुने यस्ता लघु जलविद्युत आयोजनाहरुको विकासमा हाल करिव ८० वटा यस्ता संस्थाहरु क्रियाशील रहेका छन् ।

नेपाल लघु जलविद्युत विकास संस्था त्यस्ता व्यवसायीहरुको छाता संगठन हो । संस्थाको साधारणसभामा यस क्षेत्रको विकास र संभावनाका विषयमा र अन्तरक्रिया, चुनैती छलफल भयको छ ।

राष्ट्रिय प्रसारणले नछोएका ठाउँका ग्रामीण जनतालाई व्यवस्थित र सहज विद्युत सेवा उपलव्ध गराउने सन्दर्भमा विभिन्न संस्थाका स्रोत व्यक्तिहरुबाट आ–आफ्नो अनुभव र अवधारणा सो कार्यशाला प्रस्तुत गरिएको थियो ।

...

बिहिबार, २७ चैत, ०७५

प्रतिक्रिया

Related