५ वर्षमा पनि बनेन सिँजामा पक्की पुलः ५ वर्षमा ठडियो मात्रै एउटा पिलर

काम छोडेर कन्ट्रयाक्टर फरार
निर्माण सञ्चार, कर्णाली प्रदेश । सिँजा गाउँपालिका – २ रनुखान स्थित हिमा नदीमा अलपत्र रहेको पक्की पुल पाँच बर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन् ।

सिंजाको एक मात्र पक्की पुुल ५ वर्ष सम्म अलपत्र अबस्थामै रहेको छ । २०६९ सालमा ठेक्का आव्हान भएर २०७० देखि पुलको निर्माण कार्य थालनी गरिएको थियो ।

बीचमै ठेकदारले काम गर्न छोडेर पुल अलपत्र अवस्थामै छोडेर गएपछि निर्माण कार्य रोकिएको हो । ५ वर्ष बितिसक्दा कसैले पुल निर्माणका लागि पहल नगर्दा हालिएका स्ल्याब पनि भाचिन लागि सकेका छन् ।

४ करोड २५ लाख लागतको पक्की पुल ठेक्का आव्हान गर्दा ३ करोड ४० लाखमा सम्झौता भएर निर्माण कार्य सुरु गरिएको स्थानीय हंश सार्कीले बताए ।

उनले भने कालिकोट जिल्लाका बर्मजंग शाहीले सहायक ठेकेदारको काम गर्ने गरी पुल निर्माण जिम्मेवारी लिएको थिए । पुलको एक वटा पिल्लर मात्र निर्माण गरेका ठेकेदार अहिले फरार छन् ।

काम छोडेर ठेगेदार किन फरार भए, नियमन गर्ने निकायले किन समात्न सकेन अहिले सम्म पुल अधुरै रहेको उनकोे भनाई छ ।

अहिले सम्म पनि ठेगेदार सम्पर्कमा नरहेको स्थानीयले बताएका छन् । कर्णाली प्रदेशका कानुन मन्त्री नरेश भण्डारी २०६४ सालको पहिलो संविधान सभाको चुनावमा निर्वाचित भएपछि यहाँका स्थानीय रामप्रसाद शर्मा लगायतले सिंजा रनुखानामा पक्की पुल निर्माण गर्ने पहल गरेका थिए ।

सोहि अनुसार पक्की पुल निर्माण थालियो सम्पन्न नहुदै ठेगेदार भागेपछि स्थानीयको पक्कीपुल हेर्ने धोको अधुरै रहेको स्थानीय हंश सार्की भनाई छ । पहल कर्ता शर्मा पनि जेलमा छन्, अहिले यो पुल अलपत्र अवस्थामा छ ।

यस विषयमा स्थानीय तह देखि मन्त्रालयसम्म पटक पटक पहल भएको हो तर सुनुवाई नभएको स्थानीय गुनासो गरेका छन् ।

घरमै स्थानीय सरकार आईसक्दा पनि पुल निर्माणका लागि कुनै पहल हुन सकेको छैन् । सिँजा गाउँपालिका २ का वडाध्यक्ष नविन शर्माका अनुसार यस पुलका विषयमा मन्त्रालयमा जुम्लाका सांसद गजेन्द्र महत सहितको टोली डेलिकेसनमा गएको हो ।

उनले भने अहिले यो पुल निर्माणका जिम्मेवारी लिएको ठेकेदारलाई कालोसुचीमा राखिएको छ । अब पुल निर्माणका लागि कर्णाली प्रदेश भौतिक पुर्वाधार मन्त्रालय हुदै पुर्वाधार विकास कार्यालय जुम्लाबाट पुन प्रक्रियामा जाने उनले बताए ।

चाहे गाउँपालिकालनै निर्माण गर्न सक्छ, गाउँपालिका अध्यक्ष देवल सिंह रावलले भने, पहिलाको छानविन गरेर निर्माण कार्यलाई अघि बढाईने उनको भनाई छ ।

मजदुरले ज्याला पाएनन्

रनुखान पक्की पुल निर्माण गर्ने क्रममा यहाँका पाँच गाउँका २ हजार ५ सय मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् ।

स्थानीय मेनका तिवारीका अनुसार पुल निर्माण गर्न क्रममा आफुले एक महिनाको ज्याला नपाएको गुनसो गरे । उनले भने काम गरे घरमा नुनतेल लुगाफाटो गरौँला भनेको तर अहिलेसम्म ज्याला पाएको छैन ।

काम गराउने ठेगेदारनै फरार भएपछि आफुु लगायत २५ सय मजदुरले ज्याला नपाएको गुनासो गरिन । अर्का स्थानीय भूपेन्द्र जैशीका अनुसार पुल निर्माण गर्ने क्रममा पसलबाट मजदुरलाई रासन (चामल, दल, तेल, चिनी) लिएको चार लाख रुपैया अहिलेसम्म नपाएको बताए ।

उनले भने त्यो ठेकेदारसँग बुवा तिलप्रसाद जैशीले रासनपानीको कारोबार गर्नु भएको हो । बुवाको त्यसै कारोबारको शोक चिन्ताले निधन हुनुभयो त्यो ठेकेदारले ठुलो दुख्ख दिएको गुनासो गरे ।

लाखौ उधारो, मजदुुरको ज्याला दिएको छैन्, यसमा स्थानीय सरकारले राहात दिनु पर्ने उनको माग छ ।

दुई सय बोरो सिमेन्ट खेर 

पुल निर्माणका लागि ल्याएको दुई सय बोरा पिपिसि सिमेन्ट प्रयोगमा नआएपछि खेर गएको छ । पाँच बर्ष देखि पुल अलपत्र अवस्थामा भएपछि दुई सय बोरो सिमेन्ट प्रयोग नगरै गोदाममा खेर गएको हो ।

त्यसैगरी पुल निर्माणका लागि ल्याएको फलामका छड, खरिद गरिएको गिट्टी बालुवा पनि खेर गएको छ । लाखौ रुपैयामा खरिद गरिएका सामाग्रीहरु ठाउँ ठाउँमा अलपत्र अबस्थामै राखिएका थिए ।

अहिले केहि कुहिएका अबस्थामा छन् । भने, छड्हरु खियापनि छैनन् । भने सिमेन्ट सट भएर काम नलाग्ने भएको छ ।

यसरी विकास निर्माणमा ठेगेदारहरुको मनपरीले करोडौको नोक्सान हुने प्रबृतिलाई अन्त्य गर्न स्थानीय तथा प्रदेश सरकारले कालोसुचिमा रहेका ठेगेदारलाई कार्बाहि गर्नु पर्ने सिंजा बासीको जोडदार माग छ ।

...

शुक्रवार, २९ चैत, ०७५

 

प्रतिक्रिया

Related