सुनकलीलाई मेस्सी भनेपछि ?

  • ऋषि खतिवडा   
  • निर्माण सन्चार,काठमाण्डौ।

    अवसर पाउँदा कस्ले के गर्न सक्दैन ?

    पत्रकार भोजराज भाटले मुगू जिल्लामा महिला फुटबलमा आधारित  डकुमेन्ट्री हेर्नु भयो भने यस्तै तरङ्ग पैदा हुने छ तपाईंको मनमा पनि ।

    मनमा जोश,उत्साह,पारिवाक सहयोग र अवसरको संगमकी पात्र हुन् १३ वर्षे ‘सुनकली बुडा’। मुगू जिल्लामा रहेको भौगोलिक विकटताले गर्दा हाम्रा विकास निर्माणले चिहाउन नसकेको क्षेत्र। वास्तविक घटनालाई आधारमानी खिचिएको यो डकुमेन्ट्रीमा ‘सुनकली’को सान्दार प्रदर्शनलाई देखाइएको छ।

    उनी लगायत उनका १५ जना साथीहरु गाउँ छोडेर फुटबल खेल्न शहर जानुपर्दा आमाबुवाले गरेको बिदाइ र उपाधी आफ्नै जिल्लामा ल्याउँदाको अवस्थाले दर्शकलाई भावुकता तिर लैजान्छ।उपाधी जितेर आउँदा हुलमा मेसी मेसी भनेको आवाज समेत आउछ ।

    डकुमेन्ट्रीमा मुगू जिल्लामा रङ्शाला निर्माण गर्ने सुनकलीको सपना छ भने चर्चित फुटबल स्टार लियोनल मेस्सीलाई उक्त डकुमेट्री देखाउने भोजराज भाटको उद्देश्य छ ।

    हेरौं, १४ वटा अवार्ड समेत हात पारेको यो डकुमेण्ट्रीले सुनकलीको सपना र भाटको उद्देश्यलाई कति पुरा हुने हो ।

    प्रतिक्रिया

    Related