ऋषि ‘आजाद’ सँगका ती भेट, अन्तरंगमा महासचिव पोखरेल

ईश्वर पोखरेल, एमाले महासचिव, सानै उमेरदेखि कम्युनिस्ट आन्दोलनमा होमिएका व्यक्तित्व हुन् । तर उनलाई पनि कम्युनिस्ट आन्दोलनका लागि प्रेरणा बनेका साहित्यकार ऋषि ‘आजाद’ सँगका महासचिव पोखरलका भेट कस्ता थिए । अनुभूति अभिव्यक्ति गर्दै अन्तरंगमा महासचिव पोखरेल ।

निर्माण सञ्चार ।

०३६ भदौ २४ गते तत्कालीन पाँच वाम समूहद्वारा ‘जनमतसंग्रह’लाई निष्पक्ष र धाँधलीरहित सम्पन्न गर्न ‘पाँच पूर्वसर्तहरू’ अघि सारी देशव्यापी शक्तिशाली जनप्रदर्शनको आयोजना गरिएको थियो । पाँचमध्ये एउटा केन्द्र जनकपुरलाई बनाइएको थियो ।

ऐतिहासिक रूपमा उपस्थित भएको यो जनसमूहले तत्कालीन प्रतिक्रियावादी सत्तासिनहरू आतंकित बनेका थिए । जनताको यस किसिमको शक्ति प्रदर्शनपछि त्यस क्षेत्रका प्रमुख हस्ती मानिनुहुने ‘आजाद’को खोजी विशेष गम्भीरताका साथ हुन थालेको थियो । ‘आजाद’ त्यसवेला तत्कालीन नेकपा ९चौम०का त्यस क्षेत्रका प्रमुख संगठक हुनुहुन्थ्यो ।

०३६ सालकै मध्यदेखि नेकपा ९चौम०भित्र ‘आजाद’ले वैचारिक संघर्ष सुरु गर्नुभएको कुरा हामीले थाहा पायौँ । तत्कालीन नेकपा (चौम)ले आफ्नो हेडक्वार्टर भारतमा राख्ने कुराको उहाँले विरोध गर्नुभएको थियो । यस्तै ग्रामीण क्षेत्रका आधारभूत जनतामाथि मुख्य रूपले भरोसा गर्दै संघर्षको ठोस तयारीमा लाग्नुपर्ने, पार्टीका नेताहरूले विशेष सुविधा र आत्मसुरक्षाका चिन्तनबाट मुक्त भई वर्ग संघर्षका लागि व्यावहारिक रूपमै अगुवाइ गर्नुपर्ने कुरा ‘आजाद’ले उठाउनुभएको थियो ।

त्यसवेला नेकपा ९चौम०बाट अघि सारिएको भ्रमपूर्ण, विसंगत र अवसरवाद मिश्रित कार्यनीतिक नारा– ‘देशभक्त र जनतान्त्रिक शक्तिहरूको सरकार’का बारेमा उहाँले आफ्नो असहमति र यसका सैद्धान्तिक–वैचारिक आधारलाई अघि सार्न सुरु गर्नुपर्ने आवश्यकतालाई दर्शाउन थालेको हामीले त्यसैवेला थाहा पायौँ ।

त्यसवेला नयाँस्तरमा पार्टी एकताको पक्षपोषण गरिरहेका हामीलाई आजादको यस किसिमको सक्रियता र पहलकदमीबाट अत्यन्त खुसी लागेको थियो । मैले ‘आजाद’सितको सम्पर्कलाई अझ नियमित र व्यवस्थित बनाउने प्रयत्न गरेँ ।

त्यसवेला, यही सिलसिलामा तत्कालीन नेकपा (माले)का पोलिटब्युरो सदस्य तथा त्यस क्षेत्रका इन्चार्ज माधवकुमार नेपाल (सुनील) सित धनुषा जिल्लाको एउटा भूमिहीन किसान बस्तीमा भेटघाटसमेत भएको थियो ।

केही समयपछि हामीले थाहा पायौँ, आजादले आफ्नो पार्टीबाट विधिवत् विद्रोह गरी अलग हुने घोषणा गर्नुभयो र नयाँस्तरमा कम्युनिस्टका बीचमा एकता कायम गर्न ‘विद्रोही कम्युनिस्ट एकता केन्द्र’को स्थापनासमेत गर्नुभयो ‘विद्रोही एकता केन्द्र’को तत्कालीन नेकपा (माले) सित नियमित रूपमा सम्पर्कसमेत गर्नुभयो ।

त्यसमा संगठित हुनुभएका कमरेडहरू खासगरी आजाद, रसबहादुर कार्की, अशेश्वर यादव, गोपाल मुखिया र तेजबहादुर राउत आदिसित नियमित सम्पर्क हुने गथ्र्यो । ०३७ सालको मध्यतिर मैले कमरेड आजादसित पार्टीगत तालमेल र पार्टी एकीकरणको विषयमा गम्भीर कुराकानी गरेको थिएँ ।

मध्यरात पारेर मैले उहाँलाई धनुषाको भूमिहीन किसानहरूको एउटा टोलमा गएर भेट गरेको थिएँ । कचुरी नामको गाउँअन्तर्गत पर्ने भूमिहीन चमार जातिका किसानका स–साना बुकुरा भएको बस्तीमा मध्यरातमा मैले भेट्दा उहाँ कतै–कतै फाटेको पुरानो धोती र मैलो हुन थालेको गोलगन्जीमा हुनुहुन्थ्यो ।

लगाएकै धोतीको एउटा फेर ल्याएर उहाँले टाउकोमा फेटा बाँध्नुभएको थियो । मध्यरात, भूमिहीन किसानको सानो झुप्रो, त्यसभित्र सानो टुकीको मधुरो उज्यालो, अत्यन्त सामान्य पहिरनभित्र रहेको दुब्लो–पातलो शरीर तर तेजिला आँखा, आजादको त्यसवेलाको यो रूप अहिले पनि मेरो स्मृतिमा जीवित छ, ताजा छ ।

एउटा दृढ, उद्देश्य, आस्था र विश्वासप्रति समर्पित जीवनलाई मैले त्यसवेला देखेको थिएँ । आजादप्रतिको मेरो यो अनुभूति अहिले पनि जस्ताको तस्तै छ । मलाई लाग्छ, उहाँप्रतिको मेरो यो अनुभूति कहिल्यै मर्नेछैन ।

त्यसवेला हामीले धेरै कुरा गरेका थियौँ । केही गृहकार्य गरेर ‘विद्रोही एकता केन्द्र’ विधिवत् नेकपा (माले) मा सम्मिलित हुने कुराको करिब–करिब टुंगो लगाएर उज्यालो हुने वेलामा हामी बिदा भएका थियौँ ।

त्यस भेटमा, उहाँले मारिन सक्ने कुरा बताउनुभएको थियो । त्यसैक्रममा सरकारले उहाँको सर्वस्वहरण गरेको कुरा मलाई थाहा भयो । ‘आजाद’सँगको भेट र लामो कुराकानीपछि मैले आफूमा केही कुरा थपिएको अनुभव गरेको थिएँ ।

ममा अझ केही ऊर्जा, केही दृढता थपिएको थियो । ३७ सालको माघमा म पार्टी नेतृत्वको निर्देशन र योजनाअनुसार नेपालको कम्युनिस्ट आन्दोलनसम्बन्धी दस्ताबेज खासगरी विभाजित रूपमा रहेका विभिन्न कम्युनिस्ट समूहका प्रकाशन संकलन गर्ने क्रममा बनारस पुगेको थिएँ ।

बनारसपछि म दरभंगा पुगेर तत्कालीन नेकपा (चौम)का नेता जयगोविन्द साह तथा तत्कालीन ‘मजदुर किसान भेला आयोजक समिति’का नारायणमान बिजुक्छे रोहित’सँग भेट गर्न गएँ । उहाँहरू दुवैजना निर्वासित भएर दरभंगामा बसिरहनुभएको थियो र त्यहीँबाट यथाशक्य आ–आफ्नो राजनीतिक, सांगठनिक काममा क्रियाशील भइरहनुभएको थियो ।

संयोगवश, रोहितकोमा पुगेका वेला मैले आजादलाई पुनस् भेट्न पाएँ ।

त्यहाँ हामीले अत्यन्त गरमजोसका साथ हात मिलायौँ । उहाँ अत्यन्त सामान्य वेशभूषामा हुनुहुन्थ्यो । रोहितले हामीसित सहज र स्वाभाविक रूपमा कुरा गर्न रुचाउनुभएन । त्यहाँबाट केही दस्ताबेज लिएर म आजादसँगै निस्केको थिएँ ।

बाटाको थोरै समयमा नै उहाँले मसित धेरै कुरा गर्नुभयो । आफूले नेकपा (चौम)सित सम्बन्धित थुप्रै साथीसित भेट तथा कुराकानी गरेको, पार्टीभित्र वैचारिक तथा कार्यशैलीका पक्षमा संघर्ष सञ्चालन गर्नुपर्ने कुरा राखेको, केही समयको मिहिनेतपछि धेरै साथीलाई समेट्न सकिने कुरा उहाँले राख्नुभयो ।

हामी कुरा गर्दै दरभंगाको रेल्वे स्टेसनसम्म सँगै आयौँ । उहाँ रक्सौल जाने ट्रेनमा चढी बीचैको ढेंग भन्ने स्टेसनमा ओर्ली सर्लाहीको दक्षिणतर्फबाट नेपाल प्रवेश गर्ने योजनामा हुनुहुन्थ्यो । रक्सौलतर्फ जाने ट्रेनले चर्को सिट्ठी बजाएपछि उहाँले पुनस् मसित दरिलो किसिमले हात मिलाउनुभयो ।

मैले उहाँलाई होसियारी र सतर्कताका लागि विशेष सावधान रहन भनेँ । रेलगाडीले गति लिई पश्चिमतर्फ हुइँकिउन्जेलसम्म म उहाँलाई हेर्दै थिएँ ।

उहाँले ढोकाका डन्डी समाएर केही बेरसम्म मलाई उभिएर हेर्दै हुनुहुन्थ्यो । त्यतिवेला पनि ‘आजाद’ पुरानो धोती, गोलगन्जी, चप्पल र एउटा कपडाको सामान्य झोलामा हुनुहुन्थ्यो ।

उहाँले ढोकाका डन्डी समाएर केही बेरसम्म मलाई उभिएर हेर्दै हुनुहुन्थ्यो । त्यतिवेला पनि ‘आजाद’ पुरानो धोती, गोलगन्जी, चप्पल र एउटा कपडाको सामान्य झोलामा हुनुहुन्थ्यो ।

हामीबीचको कमरेडली मित्रता गाढा बन्दै गरेको मैले त्यसवेला महसुस गरेको थिएँ । म नेपाल–भारत सीमाबाट होसियारीसाथ प्रवेश गरी आफ्नो कार्यक्षेत्र आइसकेको थिएँ ।

कार्यव्यस्तताकै बीचमा अचानक मैले सुनेँ, आजाद सिन्धुलीको भिमानमा एउटा विश्वासघातीका कारण पक्राउ पर्नुभयो । म एकैचोटि स्तब्ध भएँ, छट्पटिएँ । आजादमाथि आइपर्ने आसन्न खतराबाट म चिन्तित बनेँ ।

त्यसवेला भिमानको स्थितिमा हामी कुनै कदम चाल्न सक्ने स्थितिमा थिएनौँ । न्यून जनसम्पर्क र संगठनात्मक छिन्नभिन्नताका कारणले आजादको सुरक्षाका लागि त्यहाँ हामी केही गर्न सक्ने स्थितिमा थिएनौँ, तर प्रतिक्रियावादी पुलिस प्रशासक तथा पञ्च नेताहरूका गतिविधिलाई भने हामीले निगरानी गर्ने व्यवस्था गर्‍यौँ । जनकपुरका तत्कालीन एसपी रणबहादुर चन्द अत्यन्त क्रियाशील देखिए ।

खुंखार हत्यारा सिडियो रामकृष्ण अट्टाहास गर्दै आजादलाई गिरफ्तारी गरी राखिएको ठाउँ भिमान आइपुगे ।

तत्कालीन पञ्चायती नेता भद्रा घले, कर्णजंग थापा, र कृष्णहरि के–कसो गर्ने भन्दै सल्लाह गर्न थाले । भिमान तथा त्यसवरपरका प्रतिक्रियावादी अत्यन्त उत्साहका साथ भिमानमा जम्मा हुन थाले ।

आजाद समातेको कुरा थाहा पाएर उहाँका लागि खाना लिएर जाने काकीले पुलिस थानाको भित्री कुनामा नेल–हत्कडीसहित राखिनुभएका आजादको एक झल्को देख्नुभयो । नेल–हत्कडीसहित त्यहाँ राखिनुभएका आजादलाई मान्द्रो र गुन्द्री बेरेर पुलिसले लुकाउने कोसिस गरे । त्यो ठाउँमा आजादको लोकप्रियताबाट आत्तिएका प्रतिक्रियावादीले आगोरूपी आजादलाई छोप्न सकिन्न भन्ने ठान्दै थिए ।

०३७ फागुन १० गते राति गिरफ्तारी पर्नुभएका आजाद ११ र १२ गते रात परुन्जेल त्यसरी नै राखिइनुभयो । कम्युनिस्ट पार्टीलाई समर्थन गर्ने र आजादलाई माया गर्ने जनता आजादको सुरक्षाप्रति अत्यन्त चिन्तित भएर रात–रातभर चियोमा बसेका थिए ।

१२ गते पनि रात परेपछि वरपरका जनता चियो गर्दै थिए । मध्यरात भएपछि नेल–हतकडी लगाइएका आजादलाई थानाबाट निकालेर त्यहीँ खडा जिपमा धकेलियो । उहाँ धुन्मुनिँदै भित्र पुग्नुभयो । केही पुलिसले पछाडिबाट जिप धकेलेर ओरालोमा ल्याई खोलाको बाटामा पुर्‍याए । त्यहाँ पुर्‍याएर जिप स्टार्ट गरियो । केही मिनेटपछि भिमान बजारमा चियो गरिबसेका जनताले बन्दुक पड्केको आवाज सुने । तीनचोटि बन्दुक पड्केको सुने– ड्याङ, ड्याङ, ड्याङ ।

मध्यरात भएपछि नेल–हतकडी लगाइएका आजादलाई थानाबाट निकालेर त्यहीँ खडा जिपमा धकेलियो । उहाँ धुन्मुनिँदै भित्र पुग्नुभयो । केही पुलिसले पछाडिबाट जिप धकेलेर ओरालोमा ल्याई खोलाको बाटामा पुर्‍याए । त्यहाँ पुर्‍याएर जिप स्टार्ट गरियो । केही मिनेटपछि भिमान बजारमा चियो गरिबसेका जनताले बन्दुक पड्केको आवाज सुने । तीनचोटि बन्दुक पड्केको सुने– ड्याङ, ड्याङ, ड्याङ ।

आजादलाई मारियो भनेर जनता त्यस रात मुटु मिचेर रोइरहे

१३ गते बिहान उज्यालो भइसक्दासमेत त्यहाँ जनताले चराको सुन्दर चिरबिर सुन्न पाएनन् । घामको उज्यालो पनि मलिनो थियो । केही साहसी व्यक्ति आजादलाई गोली हानी मारिएको सम्भावित ठाउँको खोजीमा निस्किए ।

केही परको खोल्सीमा डढेका ठुटाहरूको थुप्रो थियो । त्यहीवरिपरि रगतका टाटा थिए । जनताले ठेगान गरे– आजादलाई त्यहीँ गोली ठोकी मारेर सुकेका मुढा जलाएर डढाइएछ ।

यसरी क्रान्तिको मसाल बोकेर सुन्दर सपना बोकी अगाडि बढ्दै गरेको एउटा स्वप्नदर्शी क्रान्तिकारीको जीवन समाप्त गरिएको थियो ।

यसरी आजाद मारिनुभएको कुराले हामीलाई, देशभरिका खासगरी त्यस क्षेत्रका न्यायप्रेमी जनता तथा क्रान्तिकारीलाई मर्माहत पारेको थियो । नयाँस्तरको राजनीतिक, सांगठनिक संक्रमणबाट गुज्रँदै एउटा निश्चित ठोस बिन्दुमा पाइला टेक्नै लाग्दा उहाँ प्रतिक्रियावादीद्वारा नृशंसतापूर्वक मारिनुभयो ।

यसरी आजाद मारिनुभएको कुराले हामीलाई, देशभरिका खासगरी त्यस क्षेत्रका न्यायप्रेमी जनता तथा क्रान्तिकारीलाई मर्माहत पारेको थियो । नयाँस्तरको राजनीतिक, सांगठनिक संक्रमणबाट गुज्रँदै एउटा निश्चित ठोस बिन्दुमा पाइला टेक्नै लाग्दा उहाँ प्रतिक्रियावादीद्वारा नृशंसतापूर्वक मारिनुभयो ।

त्यसवेला तत्कालीन मालेको ‘मध्य दक्षिण’ क्षेत्रीय कमिटीले तत्कालीन महोत्तरी–सर्लाही–सिन्धुली सीमान्त जिल्ला कमिटीलाई आजादको गिरफ्तारी र हत्या सम्बन्धमा जाँचपडताल गरी रिपोर्ट तयार गर्न निर्देशन जारी गरिएको थियो र त्यसवेला त्यस कमिटीमा कार्यरत हेमबहादुर विष्टले मिहिनेतका साथ जाँचपडताल गरी पार्टीमा रिपोर्ट बुझाउनुभएको थियो ।

त्यसै आधारमा तत्कालीन नेकपा (माले)को केन्द्रीय कमिटीको राजनीतिक पत्रिका ‘मुक्ति मोर्चा’मा आजादको हत्या सम्बन्धमा रिपोर्टसमेत प्रकाशित गरिएको थियो । भूमिगतकालमा मैले निकै धेरै घुमेका जिल्लाहरूमा सिन्धुली, रामेछाप, महोत्तरी, सर्लाही, उदयपुर आदिका सुदूरपूर्वी गाउँमा ‘आजाद’ अत्यन्त श्रद्धाका साथ सम्झना गरिनुहुन्छ भन्ने कुरा मैले आफैँले थाहा पाएको छु ।

यो क्षेत्रमा कार्यरत रहँदा विभिन्न ठाउँमा राति बास बस्दा, त्यस घरका सदस्यसित अपरिचित परदेशी भएर मैले कुरा गर्दा आजादबारे उनीहरूले भनेका धेरै कुरा सुनेको छु । आजादले उनीहरूमा पार्नुभएको प्रभावलाई मैले अनुभूत गरेको छु ।

यो क्षेत्रमा कार्यरत रहँदा विभिन्न ठाउँमा राति बास बस्दा, त्यस घरका सदस्यसित अपरिचित परदेशी भएर मैले कुरा गर्दा आजादबारे उनीहरूले भनेका धेरै कुरा सुनेको छु । आजादले उनीहरूमा पार्नुभएको प्रभावलाई मैले अनुभूत गरेको छु ।

यी क्षेत्रका कतिपय सार्वजनिक स्थलमा उहाँका बारेमा गरिएको चर्चालाई आफैँले सुनेको छु ।

कहीँ ऋषि, कहीँ ‘आजाद’, र कतै ‘मास्टर साहेब’को नामबाट त्यस भेगका जनताले उहाँलाई गरेको आत्मीय सम्बोधन र सम्झना सम्मान र गौरवको प्रतीक हो भन्ने मलाई लागेको छ ।

उहाँलाई जनताका बीचमा प्यारो ‘मास्टर साहेब’ बनाउने उहाँले खोल्नुभएको स्कुल यतिवेला सिन्धुली जिल्लाकै नाम चलेको स्कुल बनेको छ । मैले धेरैचोटि भूमिगत अवस्थामा र खुला भइसकेपछि पनि त्यो बाटो हिँड्दा स्कुलछेउ उभिएर कमरेड ‘आजाद’लाई श्रद्धापूर्वक सम्झेको छु ।

आजादको हत्या भएको बाह्रौँ स्मृति दिवसका अवसरमा भिमानमा स्व। जननेता मदन भण्डारीले स्मृतिसभामा अत्यन्त गहन विचार व्यक्त गर्दै ‘आजाद’लाई एउटा न्यायपूर्ण लडाइँको नाम हो भनेर सम्मान व्यक्त गर्नुभएको थियो ।

त्यसवेला उहाँले आजादको सम्मानमा निर्मित ‘स्मृतिस्तम्भ’को अनावरण पनि गर्नुभएको थियो ।

‘आजाद’ मारिनुहुँदा भरखर आमाको काखमा खेल्दै गरेकी कान्छी छोरी जोसिलासित ०४९ सालतिर मैले ‘आजाद स्मृतिस्तम्भ’छेउ उभिएर केही कुरा सुनाएको थिएँ ।

मुलुकमा प्रजातन्त्र ल्याउन विगतमा कम्युनिस्टले दुस्ख र कष्ट झेल्दै कसरी भूमिगत रूपमा काम गरे ?

‘आजाद’ले कसरी काम गर्नुभयो ? ‘आजाद’ कसरी काम गर्नुहुन्थ्यो, उहाँले कस्तो जीवन बाँच्नुभएको थियो, कसरी मारिनुभयो भन्ने कुरा स्मृतिस्तम्भअघि उभिएर जब मैले तिनलाई सुनाएँ, भावविभोर भई आँखाभरि आँसु पारेर तिनी रोइन् ।

‘आजाद’ले कसरी काम गर्नुभयो ? ‘आजाद’ कसरी काम गर्नुहुन्थ्यो, उहाँले कस्तो जीवन बाँच्नुभएको थियो, कसरी मारिनुभयो भन्ने कुरा स्मृतिस्तम्भअघि उभिएर जब मैले तिनलाई सुनाएँ, भावविभोर भई आँखाभरि आँसु पारेर तिनी रोइन् ।

त्यसवेला ती छोरीको टाउकोमाथि हात राखेर मैले स्मृतिस्तम्भअघि उभिएर ‘आजाद’प्रति सम्मान व्यक्त गरिरहेका वेला आँखाबाट आँसु झरेका थिए । आजाद मेरा लागि सदासदा श्रद्धा र सम्मानका आदर्श पुरुष रहिरहनुहुनेछ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

Related