‘हाम्रो अभिभारा : स्वच्छ सुन्दर पोखरा’ भन्दै डाँफे सहकारीले सफा पार्याे सुन्दर नगर पोखरा

निर्माण सञ्चार, सहकारी अभियान । डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ८ औं वर्ष प्रवेशलाई सुन्दर नगरी पोखरा हराभरा बनाउने अभियान अन्तर्गत शुक्रबार पोखरा सहरै सरसफाई गरेको छ ।

सहकारीका अध्यक्ष तथा युवा संघ सचिव माधव बास्तोलाले कुचो लिई सरसफाइ उद्घाटन गरेको उक्त सरसफाई कार्यक्रम संस्था रहेको वरपर क्षेत्रदेखि केआइसिंह पुल, माछापुच्छे« चोक, सिम्पानी, बगर क्षेत्र, नदीपुरसम्म सरसफाइ गरेको हो ।

बिहानै ६ः३० बजेदेखि १०ः०० बजेसम्म लगभग ७० बढी सहकारी सदस्यहरुले हातमा कुचो, झाडु, धोक्रा, स्थानीय प्रहरी र महानगरको फोहोर भ्यान, विभिन्न समाज सेवामा सक्रिय विभिन्न आमा समूहहरु, संस्थका सेयर सदस्यहरु सबै सहभागी उक्त सरसफाइ अभियानको उद्देश्य पर्यटकीय नगरी पोखरालाई स्वच्छ सफा राखी फोहोर नगर्ने कुरामा जनसाधारणलाई सचेत गराउनु रहेको संस्थाका अध्यक्षमा आफ्नो समापन मन्तव्यमा बताएका हुन् ।

०६६ सालमा जन्मेको उक्त सहकारी स्थानीय तहमा नमूना सहकारीकै रुपमा अघि बढिरहेको छ । आफ्ना सदस्यहरुलाई ऋण सहयोग विस्तार गर्नेदेखि उद्यम सीप विकास समेत विस्तार गर्दै विदेशी आयातलाई कटौती गर्दै स्वदेशलाई नै आत्मनिर्भर बनाउनु पर्छ भन्ने संस्थाको मूल अभिप्राय रहेको संस्थमा आबद्ध सेयर सदस्यहरुले बताए ।

यो ८ वर्षीय अवधिमा ३ करोड २८ लाख ५१ हजार बढी संस्थाको पुँजी जम्मा गर्न सफल करिब २५ करोड रुपियाँ निक्षेप बचत गर्न सफल रहेको छ । साँढे २३ करोड विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गरेको यो सहकारीले ७० लाख ८१ हजार भन्दा बढी मुनाफा आर्जन गरेको छ ।

युवाहरुलाई स्वरोजगार बढाउने समेत धेय रहेको डाँफेले अहिले ११ जनालाई रोजगारी उपलब्ध गराएको छ ।

 

 

 

 

प्रतिक्रिया

Related