सलमानको ‘सुल्तान’ ट्रेलर

निर्माण सञ्चार काठमाडौं ।  बलिउडका नायक किङ खान सलमान खानले अभिनय गरेको नयाँ चलचित्र ‘सुल्तान’को ट्रेलर सार्वजनिक भएको छ ।

३ मिनेट लामो ट्रेलर हेर्दा लाग्छ, यस चलचित्रलाई निर्देशकले सलमानको एक्सन र आँशुको मेल गराउने प्रयाश गरेका छन् ।

चलचित्रमा सलमान खान र नायिका अनुष्का शर्मा मुख्य भूमिकामा छन् । यस चलचित्रमा सलमान सुल्तान बनेका छन् भने अनुश्का आरफाको भुमिकामा छन् । यशराज फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई अली अब्बास जफरले निर्देशन गरेका छन् ।

यो चलचित्र जुलाई ८ बाट अल नेपाल रिलिज हुँदैछ ।

 

प्रतिक्रिया

Related