वायु सेवा निगमको जग्गामा मल्टिप्लेक्स बन्ने, कार्यालय सिनामंगलमा सारिने

निर्माण सञ्चार, काठमाडौं । न्युरोडस्थित नेपाल वायु सेवा निगमको हाल भइरहेको कार्यालय भत्काएर सिनामंगल सारिने भएको छ । भइरहेको सो स्थानमा व्यापारिक प्रयोजनको मल्टीप्लेक्स निर्माण गरिने निगम व्यवस्थापनले निर्णय गरेको छ ।

निगमको व्यवस्थापन समितिको सोमबार बसेको वैठकले यस्तो निर्णय गरेको हो । अब बन्ने भवन निजी क्षेत्रको लगानीमा बन्ने छ भने अहिलेको कार्यालयलाई सिनामंगल सर्ने भएको हो ।

समितिले गरेको निर्णय अनुसार निगम सञ्चालक समितिले सोबारे विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मागेको छ भने हाल भइरहेको १४ रोपनी क्षेत्रफमा रहेको निगम कार्यालय भत्काई व्यापारिक प्रयोजनका लागि आधुनिक कम्प्लेक्स बनाउने नीतिगत निर्णय पारित भएको हो । निगमका करपोरेट निर्देशक रामहरी शर्माले सञ्चारकर्मीलाई सोबारे जानकारी दिएका हुन् ।

अब बनाइने भवन कस्तो बनाउनेबारे निगमले स्वतन्त्र इन्जिनियरसहितको कार्यदल बनाएर बिस्तृत अध्ययन गराउने छ । व्यवस्थापनको यो निर्णयपछि निगमलाई न्यूरोडमा रहेको मुख्यालय भवन भत्काउदै व्यापारिक कमप्लेक्स बनाउने बाटो खुलेको बताइएको छ ।

भवन आचारसंहिता अनुसार, निगमले न्यूरोडमा निमार्ण गर्ने भवनलाई अधिकत्तम उचाईको आधुनिक बनाउने योजना रहेको निगम कर्पाेरेट निर्देशक शर्माले बताए ।

निगम अनुसार भवन भत्काउनुअघि छनोटमा परेको निजी क्षेत्रको निमार्ण व्यवसायी/निर्माता कम्पनीले निगमको सिनामंगलमा रहेको ३४ रोपनीमा पनि भवन बनाइनुदिनु पर्ने गरी विस्तृत सम्झौत समेत हुने बताइएको छ ।

सिनमागंगलको भवन पनि कर्पोरेट बिल्डिङ्ग नै हुने शर्मा बताउँछन् । निगमले तय गरेको विधि अनुसार भने पहिले सिनमागंगलमा करपोरेट भवन बन्ने छ भने न्यूरोडको निगम मुख्यालय त्यहा सरेपछि मात्रै न्यूरोडको पुरानो भवन भत्काउने कार्य सुर हुने छ ।

कस्तो प्रणालीमा जाँदै ?

शर्माले भने, ‘हामी बुट प्रणालीमा भवन बनाउँदै छौं ।’ उनले निगम सिनामंगल भवनमा सरिसकेपछि पनि न्यूरोडमा रहेको हालको भवन निमार्ण गर्ने पार्टीलाई नै केही वर्ष सञ्चालन गर्न दिने तयारी छ ।

निगमले केही समय भित्रै राजधानी बाहिरका २० जिल्लामा पनि आफ्नै जमीनमा भवन बनाउने छ । तर यस अघि नै नेपालगंज र बिराटनगरस्थित निगम कार्यालय भने व्यापारिक कम्प्लेक्सका रुपमा बनाइसकेको छ ।

सिनामंगलमा रहेको जमिनमा निगम कार्यालय बन्न पर्यटन मन्त्रालयले अनुमति दिए पछि अहिले भवन निर्माण गर्नेबारे बाटो खुलेको हो । निगमले तिन वर्षअघि सिनामंगलमा रहेको खाली जमिनमा व्यापारीक कम्प्लेक्स बनाउन पर्यटन मन्त्रालयसँग अनुमति मागेको थियो ।

आम्दानी कति

निगमले अहिले झन्डै ३ अर्ब ५० करोड रुपियाँ ग्राउन्ड ह्यान्डलिङ्गबाट आर्जन गरिहेको छ । यस वर्ष ११ अर्ब हाराहारी आम्दानी प्रक्षेपण गरेको थियो । यात्रु, कार्गोबाहेक यो आम्दानीमा घरजग्गा भाडाको आम्दानी पनि रहेको स्रोतले बतायो ।

प्रतिक्रिया

Related