पहिला काम माग्दै आउँथे, अहिले कामदार पाउनै मुस्किल छ—अध्यक्ष रिजाल

निर्माण सञ्चार,

 काठमाडौंका निर्माण व्यवसायबीच लोकप्रिय छवि बनाएका श्रीकृष्ण रिजाल  एक सफल निर्माण व्यवसायी हुन् । श्रीकृष्ण हार्डवेयर एण्ड मेशिनरी कन्सर्नका प्रोपाइटर उनी यसअघिको अधिवेशनबाट काठमाडौं निर्माण व्यवसाय संघका अध्यक्षको कार्यभार सम्हालिरहेका छन् । संघमा नयाँ नेतृत्वका लागि अधिवेशनको तयारीमा पनि छन् । सहकर्मी ऋषि खतिवडाले भूकम्प, नाकाबन्दी र अहिलेको समसामयिक विषयमा अध्यक्ष रिजालसँग गरेको कुराकानी सम्पादित अंश  :

भूकम्प र नाकाबन्दीको व्यापारको अवस्थालाई कसरी सम्झिनुहुन्छ ?

०७२ साल देशकै खराब अवस्था हो । वैशाखको भूकम्पले भन्दा पनि नाकाबन्दीले व्यापार महाभूकम्प ल्यायो । भारत लगायत तेस्रो मूलुकबाट आउने इन्धन, कच्चा पदार्थ तथा तयारि मालसामान जस्ता सामाग्रिहरुको अभाब रह्यो । हरेकको उद्देश्य हुन्छ की सहरि क्षेत्रमा घर बनाउने तर देशको यस्तो अवस्थामा मानिस विचलित हुदै आ–आफ्नो घर फर्केकाले हामि निर्माण व्यवसाहि ठूलो मर्का प¥यो । मेरो ४० बर्षे अनूभव मै सर्वाधिक खराब दिनको महशुस पनि गरे ।

त्यस पछिको अवस्था ?

लामो समयको प्रतिक्ष्या पछि नाका बन्दि खुल्यो । सकारात्मक संकेत देखापरेका छन् । करिब दुई महिना भयो, निर्माण सामाग्रिको व्यापार बढेको छ । ठाउँ–ठाउँमा घरका जग राखेको देखिन्छ । सेयर बजार लगाएतका क्षेत्रमा पनि चहलपहल राम्रै छ । संविधान पनि जारि भएको छ । त्यसले आगामि ०७३ सालको सुखद पक्षका रुपमा पनि हामि सम्पूर्ण व्यबसाहिले लिएका छौ ।

निर्माण जगतमा नेपाली कामदार नभएको गुनासो छ नि ?

हो । नेपाली दक्ष कामदार त छँदै छैन भन्दा नि हुन्छ । अदक्ष कामदारहरु नेपाल बस्नु भन्दा विदेशमै जान रुचाउँछन् । भारतबाट दक्ष कामदारहरु आउनुपर्ने अवस्था छ । भूकम्प र देशको बिग्रँदो राजनीतिक अवस्थाले भारतका कामदार अझै फर्केका छैनन् । पहिला काम दिनुपर्यो भन्दै आउँथे तर अहिले अदक्ष कामदार पाउनै मुस्किल छ ।

देश पुनः निर्माणको अवस्थामा छ, कामदारको अभावले समयमै पुनःनिर्माण हुने अवस्थालाई निर्माण व्यवसायले कसरी लिएका छन् ?

सामान्य व्यवसायिक स्थलमै कामदार नपाउने अवस्था रहेको बेला पुनःनिर्माण समयमै गर्न सकिन्छ भन्ने हामीलाई लाग्दैन । तैपनि सरकारले विभिन्न तालिम दिएर कामदार उत्पादन गर्दैछ भन्ने सुनिएको छ । त्यो सकारात्मक पक्ष हो । यसले हामी निर्माण व्यवसायीको व्यापारमा वृद्धि हुने समेत अपेक्षा लिएका छौं ।

निर्माण व्यवसायीले समयमै राजस्व तिरेन् भन्ने सुनिएको छ नि ?

ठीकै पनि होला । देशको विद्यमान परिस्थितिले व्यापारिक जगत्मा परेको अवस्थालाई सरकारले मूल्यांकन गर्नुपर्छ । व्यवसायीलाई कर तिर्न धरपकड गर्नुभन्दा प्रोत्साह दिनुपर्छ । व्यापार ठप्पै भएको अवस्थामा घरभाडा, कर्मचारी खर्च जुटाउनै गाह्रो पर्यो । म निर्माण सञ्चार मार्फत सरकारलाई प्रष्ट भन्न चाहन्छु कि ०७२ सालको भूकम्प र नाकाबन्दीले गर्दा हामी मारमा परेका छौं, कर तिर्न कर नगरौं ।

काठमाडौंका निर्माण व्यापारिहरुको आरोप छ कि संघले वास्ता गर्दैन भन्ने, गलत बोलेका हुन व्यापारीहरुले ?

वास्तै नगरिएको त हुँदै होइन । विगत दस महिनामा व्यापारीहरुलाई परेको मर्का र व्यापारमा रहेको सुन्यताका समस्यालाई सम्बन्धित पक्षहरुमा कुरा गरिरहेका छौं । कर, भ्याट, छुटका लागि पहल गरिरहेको छ । हो, हामी व्यापारीहरुको पसल–पसलमा यस्तै समस्याले पुग्न सकेनौं । यसलाई हामी व्यापारी साथीभाईहरुले बुझिदिनुपर्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरेको पारवहान सम्झौताले निर्माण जगत्का व्यापारीहरु कतिको उत्साहित छन् ?

पारवहान सम्झौता हुनैपर्ने थियो, नभएकै कारणले हामी पछि परिरहेका थियौं । यसबाट अब नेपालीहरुले पारवहानका लागि दुःख झन्झट व्यहोर्नु नपर्ने अपेक्षा राख्न सकिन्छ । तैपनि सम्झौता हुनु मात्र ठूलो कुरा होइन, कार्यान्वयन पक्ष प्रमुख रहन्छ । हामी सकारात्मक छौं । आशावादी छौं, व्यापारीवर्ग जहिले आशामै रहन्छ ।

संघको आगामी कार्यक्रम कस्ता छन् ?

पहिलो कार्य भनेको वैशाखभित्र काठमाडौं निर्माण व्यवसाय संघको अधिवेशन गराउने हो । संघको अधिवेशनपछि अन्य कार्यक्रमहरु तय हुनेछन् । मैले काठमाडौं संघलाई नै बलियो बनाउने छु । महासंघमा तत्काल जाने योजना छैन ।

 

प्रकाशित, १७ चैत, २०७२

प्रतिक्रिया

Related