महिला चुजी हुन्छन्, छानेपछि फिर्ता पनि गर्दैनन् : श्रीमिला सुवाल

निर्माण सञ्चार, काठमाडौं ।

श्रीमिला सुवाल फ्लोर एण्ड फर्निसिङ उद्यममा लाग्ने थोरै महिला मध्येकी एक हुन् । पद्मकन्या क्याम्पस बागबाजारमा नेवारी भाषामा प्राध्यापनरत श्रेष्ठ कल्चर र लिटरेचरको शिक्षिका पनि हुन् । शिक्षिका हुँदा हुँदै समाज सेवा र व्यवसायमा समेत आफ्नो छुट्टै पहिचान बनाइसकेकी श्रीमिला फ्लोर एन्ड फनिर्सिङ व्यवसायी महासंघ केन्द्रीय सदस्यका रुपमा आफ्नो व्यावसायिक हैसियत देखाउन सफल छिन् । व्यावसायिक क्षेत्रमा समेत आधा आकास भनिने महिलाको नेतृत्व सम्हाल्ने कुरा साँचिकै सजिलो छैन, जुन व्यवसायमा पुरुष साथीहरुकै हामलिमुहाली हुन्छ भने त्यहाँ महिलाको त नाम औंलामा गन्न पनि मुस्किल पर्छ । आफ्नो व्यवासायिक अनुभवबारे निर्माण सञ्चारको यस अंकमा महिला उद्यमी श्रीमिला भन्छिन्—

फ्लोर एन्ड फर्निसिङ महासंघको महिला केन्द्रिय सदस्य पनि हुनुहुन्छ, एउटी महिला सफल उद्यमी बन्ने कुरा हाम्रो समाजमा कति चुनौतीपूर्ण छ भन्ने तपाईलाई लागेको छ ?

अवश्य नै चुनौतीपूर्ण छ । हाम्रो समाज पितृसतात्मक छ । बाहिर हिंड्ने र कोहीसँग बोलेमा पनि राम्रो नमान्ने जमानाको मान्छे हुँ म । कसरी आजको एउटा महिला उद्यमी बन्न सकेकी छु भन्ने सम्झँदा म पनि चकित हुन्छु नै । तर, महिलाले जुन काम गरेर उद्यम पनि गर्छन्, त्यस्तै घरमा भाँडा माझेर, खाना पकाएर, परिवारका सदस्यलाई समेत खुवाएर व्यवसाय गर्नेको संख्या कति होला नेपाली समजामा ? पक्कै पनि छैन ।

तर पनि महिलाहरु, यो सृष्टिको आधा आकासले घरदेखि सहरसम्म र नेतृत्वदेखि व्यवसायसम्म आफ्नो अब्बल क्षमता देखाउन सक्छन् ।

फ्लोर फर्निसिङ व्यवसायमा कसरी प्रवेश गर्नु भो त ?

यो व्यवसाय म आफैंल सुरु गरेकी हुँ । व्यवसाय गर्दै गएँ । व्यावसायिक हितबारे पनि संगठित हुनु पर्छ भन्ने लागेर एकपटक फ्लोर एन्ड फर्निसिङ सघकों कार्यक्रम भइरहेको ठाउँमा पुगें ।

मलाई पनि बोल्ने मौका दिइयो । बोल्नुअघि सबै अवस्था हेरें । कुने पनि महिला ड्यासमा देखिनँ । अनि सार्वजनिकरुपमै आक्रोश पनि पोखें— ‘खोई महिला सहभागिता, यो ड्यास पुरुषका लागिमात्र हो ?’, त्यही मन्तव्यको प्रभावले होला मलाई संघको सल्लाहकार बनाउनु भो व्यवासायी साथीहरुले ।

यसैगरी अघि बढ्दै आइयो ।

तपाईंको व्यवसायिक प्रेरणाबारे केही भन्नुपर्दा ... ?

व्यवसायमा आउनु मेरा लागि घरपरिवारकै प्रेरणा हो । काठमाडौंकी एउटा नेवार परिवारकी छोरी हुँ । त्यसैले पनि पारिवारिक वातावरण त उपयुक्त नै थियो नि । टेकुमा १२५० भाडा तिरेर ०४२ सालमा थोरै सामान राखेर काम सुरु गरे ।

फ्लोर र फनिसिङको पसल हाम्रो मात्र थियो । पछि अरु पनि खुले । सन्तुष्टि नै रह्यौ । बजारमा माग बढ्दै गयो । पछि ०५९ साल तिर कालिमाटिमा भी.आइ.पी. फ्लोर एण्ड फर्निसिङको नामसहित अलि ठुलो स्थानमा सरेर काम सुरु गरियो । अहिले केही कर्मचारीलाइ समेत काम दिएको छु ।

खुसी हुनुहुन्छ यो व्यावसायबाट ?

अवश्य नै खुसी छु । आफु र घरपरिवार पनि व्यस्त छौं र खुसी पनि छौं ।

महिलाहरु किन यो व्यवसायमा पछि भएको पाउनुभयो त ?

हरेक विषयमा पछि छन् नेपाली महिला । यसमा त थोरै लगानी पुग्दैन । ठुलो लगानीमा घर परिवारले विश्वास गर्दैन । तर पनि म दिदीबहिनीहरुमा आह्वान गर्छु कि हामी आफ्नो लगानी अनुसार नाङ्लो पसल चलाएर पनि आफ्नो खुट्टामा उभिन प्रयत्न गरौं ।

अध्ययनलाई त छेकेन छ नि उमेर र व्यस्तताले ?

गर्छु भन्ने जोश र उत्साह हुनुपर्छ ।

आफ्नो बैबाहिक जीवन र व्यवसायसँग भन्नु पर्दा ... ?

मेरो १६ वर्षमै बिबाह भयो । एस.एल.सी पहिलो छोरी भएपछि, इन्टर छोरा भएपछि र मास्टर नातिनातिनी पछि सकेकी हुँ। त्यसमा घर परिवारको साथ महत्वपूर्ण जिम्मेवारी रह्यो पनि होला ।

कल्पना गर्नाेस् नाती जन्मेपछिको मार्टस् भएर पनि म प्राध्यापन गरिरहेकी समेत छु ।

व्यसाय गरिरहँदा कतिको सचेत पाउनुभयो त नेपाली उपभोक्ता ?

खास हामी सबै उपभोक्ता क्वालिटी भन्दा रेटमा चाहिं सचेत छौ । व्यवसायिक क्षेत्रमा महिला कम भएपनि घर सजाउने वस्तुको खरिदमा महिला नै अगाडि छन् । हामी पनि खुसी हुन्छौ । तर तुलनात्मक रुपमा पुरुष भन्दा महिला ग्राहक नै चुजी हुन्छन् । उनीहरुको छान्न सक्ने चेतना नै अब्बल हुन्छ । उनीहरुले चित्त नबुझी लैजाँदैन र फिर्ता आउँदैन ।

महिलाहरुमा व्यावसायिक च्यालेन्ज फेस गर्ने तरिका कतिको थाह होला त ?

नगरीकन कसरी थाह हुनु हैन ? जस्तै सामान्य कुराहरु पनि सुरुमा त कसैलाई पनि आउँदैन नि । बिल काट्ने, भ्याट तिर्नेदेखि लगानी सेक्युरिटी कसरी गर्ने र कसरी मुनाफा आर्जन गर्नेभन्ने सम्म नै महिलाहरुले पनि सिक्न जरुरी छ तब पो देश आत्मनिर्भर हुन सक्छ । जनसंख्याको आधा हिस्सा फुर्सदिलो बनाउने, घरको चुलोचम्कोमा सीमित गर्ने अनि देशलाई चैं आत्मनिर्भर बनाउँछु भनेर सम्भव छ ?

यस व्यवसायमा चुनोी कस्ता छन् ?

चुनौती नभएको त कुन व्यवसाय हुन्छ र । छन् नि धरै चुनौती छन् । देशको राजनीतिक अवस्थाले व्यवसाय चौपट बनाउँछ त कहिले ट्याक्स भ्याटको समस्या
हुन्छ । हामीले हरेक क्षेत्रबाट निराश हुनुपर्छ । यो काममा एक्लै गर्न सकिन्न ।

सिलाउने मान्छे, ड्राइभर तथा अन्य सामान ओसारपसार गर्ने छुट्टाछुट्टै कामदार चाहिन्छ । रोजगारी सृजना भएपनि चाहिएको बेला मान्छे पाउँदैन ।

फ्लोर एण्ड फर्निसिङको भविष्य कस्तो देख्नुहुन्छ ?

हिजोको भविष्यले नै आज ३० वर्षे व्यवसायिक अनुभव बनायो । आजका मान्छे आधुनिक जमानामा खान र लगाउनमात्रै सीमित छैन । रहर हुन्छ, मान्छेको घर सजाउने । अझै अहिले त विद्यार्थीले ऐकेडेमिकरुपमै अध्ययन पनि थालेका छन् । यो व्यवसायको भविष्य उज्वल छ ।

प्रस्तुति—ऋषि खतिवडा

प्रकाशितः २४ चैत, ०७२

प्रतिक्रिया

Related