मिस नेपाल अश्मि श्रेष्ठका केही तस्वीर.....

निर्माण सञ्चार,

काठमाडौं । १८ प्रतिस्पर्धीलाई पछि पार्दै २१ औं मिस नेपाल २०१६ को ताज पहिरिँदा काठमाडौं निवासी अश्मि श्रेष्ठ शुक्रबार राजधानीमा क्वाँक्वाँती रोइन् । होटेल अन्नपूर्णको साँझ उनी मिस नेपाल घोषण हुँदा उनको आँसुले सबैलाई भावुक बनाएको थियो ।

मिस नेपालको उपाधिसँगै २२ वर्षीया अस्मिका लागि मिस वल्र्ड २०१६ का लागि नेपालबाट प्रतिनिधित्व गर्ने बाटो पनि खुलेको छ । मिस नेपाल कन्टेस्टमा उनले मिस इन्टेलेक्चुअल, मिस फोटोजेनिक र बेस्ट इभनिङ गाउन उपाधि समेत आफ्नो पोल्टामा पार्न सफल भइन्, जसले गर्दा उनलाई अन्य प्रतिस्पर्धीहरु उच्छिन्न सजिलो भयो ।

दरबारमार्गस्थित होटेल अन्नपूर्णमा सम्पन्न प्रतियोगितामा ललितपुरकी २० वर्षीया रोशनी खत्री मिस नेपाल अर्थ घोषित भइन् भने काठमाडौंकी २२ वर्षीया वर्षा लेखी मिस नेपाल इन्टरनेसनलबाट विभूषित भइन् ।

त्यस्तै प्रतिभा दवाडी ब्युटी विथ पर्पज, सिर्जना रेग्मी मिस ट्यालेन्ट, रोशनी खत्री मिस पर्सनालिटी र मिस कन्फडेन्ट, प्रेरणा अधिकारी मिस ब्युटिफुल स्किन र मिस स्कलर, आस्मा केसी मिस एथलेटिक्स र मिस फ्यासिनो, आयुश्मा श्रेष्ठ मिस पपुलर च्वाइस, अंशु केसी मिस फ्रेन्डसिप घोषित भएका छन् ।

प्रकाशितः २७ चैत, ०७२

प्रतिक्रिया

Related