मकवानपुर विद्युतीय व्यवसायी संघको सातौं साधारणसभा सम्पन्न

निर्माण सञ्चार,

मकवानपुर विद्युतीय व्यवसायी संघको सातौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष तेजनारायण खरेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाल घरबहाल उपभोक्ता संघका अध्यक्ष नवराज न्यौपाने , मकवानपुर अटो व्यवसायी संघका अध्यक्ष सुदेश कुमार श्रेष्ठ , मदिरा व्यवसायी संघका माधव ज्ञवाली , नारायणघाट विद्युत् व्यवसायी संघका प्रतिनिधि लगायत् ६० बढी व्यवसायीको उपस्थिति रहेको थियो ।

अधिवेशनले निवर्तमान अध्यक्ष पवनकुमार भगत सहित शिव कुमार कार्कीको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । कार्यक्रममा संघको आर्थिक प्रतिवेदन , वार्षिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै विभिन्न क्षेत्रका व्यवसायीहरुले नयाँ वर्षको शुभकामना र नयाँ कार्य समितिलाई बधाइ समेत दिएको जानकारी संघका अध्यक्ष शिव कुमार कार्कीले निर्माण सञ्चारलाई बताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि खरेलले विद्युतीय सामाग्री निर्माण सम्पन्न हुने अवस्थामा मात्र प्रयोगमा आउने हुनाले उपभोक्तासँग पुँजीको अभाव हुने र विद्युतीय सामाग्रीको गुणस्तर भन्दा पनि सस्तो मूल्यको खोजीका कारण पनि विद्युतीय समाग्रीले उपभोक्ताले खोजेको गुणस्तरमा कार्य गर्न नसकेको बताए ।

यसका लागि आम उपभोक्ता नै सचेत र सजग हुनु पर्ने र व्यवसायी साथीहरुले पनि व्यवसायका क्रममा सस्तो सामानको गुणस्तरका बारेमा उपभोक्तालाई आफ्नो तर्फबाट जानकार बनाउनु पर्ने बताए ।

त्यस्तै प्रमुख अतिथि खरेलले विभिन्न जिल्ला संघले गर्ने गरेका गतिविधिका आधारमा महासंघले उत्कृष्ट जिल्ला घोषणा गर्ने र पुरस्कृत गर्ने समेत बताए ।

प्रकाशितः ५ वैशाख, ०७३ ।

प्रतिक्रिया

Related