इँटा भट्टामा बालबच्चा देख्दैमा बाल श्रमिक भन्न मिल्दैन, परिवारसहित बस्ने हुनाले त्यस्तो देखिएको हो : अध्यक्ष चित्रकार

निर्माण सञ्चार,

राज्यलाई पुन निर्माणका लागि आश्यक सामाग्रीमध्ये इँटा पनि एक हो । राज्य नै पुनःनिर्माणमा होमिएका बेला नेपाल इँटा उद्योग व्यवसायी महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्राकारसँग निर्माण सञ्चारले गरेको कुराकानीः

नेपाल इँटा उद्योग व्यवसायी महासंघ कहिले देखि कार्यरत छ ?

यसले के कस्ता गतिविधि गर्दै आएको छ ? वि.सं २०६४ सालमा विधिवत् रुपमा दर्ता भई यसले कार्य गर्दै आएको छ । यस महासंघमा हालसम्म २३ वटा जिल्ला संघका प्रतिनिधिहरु संघको विधान अनुसार कार्यरत छन् । यसले इँटा व्यवसायलाई व्यवस्थित र मर्यादित पेशा बनाउनका लागि विभिन्न तालिम सञ्चालन , नीति नियम निर्माणमा सरकारलाई सहयोग गर्ने र इँटा उद्योग व्यवसायीलाई श्रम ऐन तथा सम्बन्धित नीति,नियम तथा कानुनको कार्यान्वयनका लागि प्रेरित गर्दै आएको छ ।

नेपालमा इँटा उद्योग व्यवसायी कतिको संख्यामा कार्यरत छन् ?

हाम्रा इँटा उद्योगमा कस्ता टेक्नोलोजीको प्रयोग भएका छन् ? हुन त इँटा व्यवसाय भन्नाले व्यवसायिक रुपमा काम गर्ने साथीहरु जो एक ठाउँबाट इँटा किनेर अर्काे ठाउँमा लगेर विक्री वितरण गरी जीविको पार्जन गर्दछन् ती साथीहरुलाई इँटा व्यवसायी भनिन्छ । नेपाल इँटा उद्योग व्यवसायमा चाहिँ आधुनिक प्रविधिको प्रयोग गरी इँटा उत्पादन गर्ने साथीहरु मात्र अटाउन सक्छन् । हाल आधुनिक प्रविधिको भर्टिकल साफ क्लिन भन्ने टेक्नोलोजी प्रयोगमा छ । त्यस टेक्नोलोजीका साथीहरुलाई पनि हामीले हाम्रो महासंघमा आउन आग्रह गरेका छौं । त्यस्तै अर्को टेक्नोलोजी चीनबाट ल्याएर हरिसिद्धी इँटा कारखाना, भक्तपुर इँटा कारखाना, माछापुच्छ्रे इँटा उद्योग, आदि सञ्चालनमा छन् । हरिसिद्धी इँटा कारखाना, भक्तपुर इँटा कारखाना हामीसँग महासंघमा छैनन् । त्यस्तै अर्को पुरानो परम्परागत रुपले चलिआएको अवाल भट्टा, भुसे भट्टा, बंगाल भट्टा, वाल भट्टा आदि पनि सञ्चालनमा छन् । परम्परागत अवाल भट्टा, भुसे भट्टा, वाल भट्टालाई सरकारले २०७३ माघ मसान्तभित्र नयाँ प्रविधिमा रुपान्तरण हुने गरी लाइसेन्सको व्यवस्था गरेको छ । हामी नयाँ प्रविधिमा चल्ने प्रयत्न गरिरहेका छौं । यो आधुनिक प्रविधिले कोइलाको कम खपत हुने, धानका भुस , काठका भुस र उखुका बकाउहरुको कम खपत गरी गुणस्तरीय इँटाको उत्पादन गर्नु र वातावरणमा हुन जाने प्रदुषणलाई न्यूनीकरण गर्नु नै हो । हामीले इँटा उद्योगी व्यवसायी साथीहरुलाई बारम्बार आधुनिक प्रविधिको प्रयोग गर्न भनि रहेका छौं । हाल नेपाल सरकार र हाम्रो सहकार्यमा व्यवसायी साथीहरुलाई नयाँ आधुनिक प्रविधिका बारेमा जानकार बनाउने र यसका प्रत्यक्ष तथा अप्रत्यक्ष फायदाका बारेमा जानकार बनाई व्यवसायी र राज्य दुवै पक्षका हितका लागि कार्यरत छौं । ३ आधुनिक प्रविधिको प्रयोग गर्न चाहने उद्योगी व्यवसायीलाई महासंघले के कस्तो सहयोग गर्न सक्छ ? महासंघले व्यवसायीले छानेको ठाउँको माटोको अवस्था व्यवसाय मैत्री छ कि छैन चेक जाँच गरी सल्लाह दिने गर्दछ । त्यस्तै व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने कानुनी सल्लाह सुझाब तथा नीति नियममा व्यवस्था गरेका कानुनको बारेमा जानकारी समेत दिने गर्दछ । त्यस्तै हाम्रोमा अभ्यासमा रहेका जिकज्याक फायरिङ, सिङ्गल म्यान फिटिङ, जेट प्याटर्न, कन्टिन्यु फायरिङ जस्ता प्रविधिका बारेमा समेत जानकारी दिन्छौं । त्यस्तै उद्योगी व्यवसायीलाई श्रम ऐनका बारेमा जानकार बनाई श्रमिकलाई आवश्यक पर्ने सेफ्टी इक्वीपमेन्ट तथा अन्य औजारको समेत उपलब्धता हुनु पर्ने बारे जानकार बनाउँछौं । त्यस्तै उहाँहरुले इँटा उत्पादनको आधुनिक र लेटेस्ट प्रविधिको बारेमा जान्न खोजेमा समय समयमा तालिमको समेत व्यवस्था गर्न सकिन्छ ।

तपाईंले भन्नुभयो,उद्योगी व्यवसायीले ‘श्रम ऐनलाई पनि पालना गर्नुपर्ने हुन्छ तर हाम्रोमा श्रम ऐन विपरीत नै इँटा उद्योगमा बालबालिकाहरु प्रयोग भइरहेका हुन्छन् नि ?

हो, इँटा उद्योगहरुमा बालबच्चाहरु नहुने होइनन्, बालबच्चाहरुलाई हुन्छन् तर, बालबच्चाहरु त्यहाँ श्रमिकका रुपमा रहँदैनन् ।

कस्तो अवस्थामा रहन्छ त बालबालिकाहरु ?

इँटा उद्योगमा काम गर्ने श्रमिक भनेका देशमा सबभन्दा बढी गरीबीको रेखामुनि रहेका जनताको समूह हो । इँटा उद्योग सिजनल उद्योग पनि हो । हाम्रोमा काम गर्ने मजदुरहरु कृषकहरु नै हुन् ।

उनीहरु आफ्नो प्रमुख बाली भित्र्याएर अर्काे हिउँदे बाली रोप्ने काम बाँकी हुँदा फुर्सदका बखतमा आएर काम गर्ने ठाउँ हो इँटा भट्टा । मंसिरदेखि जेठको अन्तिम तथा असारसम्मको फुर्सदको समयमा काम गर्ने थलो हो यो ।

यसरी फुर्सदको समयमा काम गर्ने थलो भएका कारण फ्यामिली नै माइग्रेट हुन्छ । परिवार सहित नै इँटा भट्टामा आउने गर्दछन् ,४–५ महिना काम गर्छन्, त्यसपछि फेरि काम सकाएर आफ्नो गाउँमा काम गर्न जान्छन् ।

निम्न स्तरका परिवारहरु हाम्रो इँटा उद्योगमा आएर काम गर्ने भएका कारणले गर्दा खेरि नै उनीहरुले आफ्ना बालबच्चाहरु सबै लिएर आउँछन् । ती बालबालिकाहरु पनि आमाबुबाले गरेको काम नै गर्न थाल्दछन् । यथार्थ बुझ्दै नबुझी कतिपय अवस्थामा बालबालिकाहरु देखेकै भरमा बाल मजदुर राखिएको भन्ने तपाईं हामीले सुन्ने गरेका छौं ।

अनि ती बालबच्चाहरु स्कूल जाँदैनन् त ?

अत्यन्त गरिब परिवारहरु इँटा भट्टामा हुने हुनाले उनीहरुका बालबच्चाहरु कमै मात्रामा स्कूल जाने गर्दछन् । त्यसकारणले गर्दा अचेल हरेक इँटा भट्टाहरुमा विभिन्न सहायक स्कुलहरु (चाइल्ड केयर सेन्टर ) खोलिएकोे हुनुपर्छ , जहाँ ५ वर्षसम्मका बालबच्चाहरु राख्ने गरिन्छ ।

हामीहरुबाट हुने सहयोग हामी गर्न तयार छौं पनि भन्ने गरेका छौं । प्रत्येक सरकारी स्कूलहरुमा पढाउनका लागि पनि हामीले जोड दिएका हुन्छौं । सरकारी विद्यालयहरुमा तथा महँगा निजी विद्यालयहरुमा पढाउने श्रमिकहरु पनि छन् यस इँटा उद्योगमा ।

कोही कोही त आफ्ना बालबच्चाहरुलाई पढाउने इच्छा पनि राख्दैनन् । तर हामीले पनि विभिन्न स्कूलहरुमा पढाउनका लागि जोड दिने कामहरु गरिरहेका हुन्छौं । शिक्षाको महत्व नबुझेर होला बाबुआमाले नै छोराछोरीलाई पढ्न पठाउन मन गर्दैनन् ।

नेपालकै सन्दर्भमा कुरा गर्दा कुन क्षेत्रबाट बढी निम्न स्तर भएका मानिसहरु यस इँटा उद्योगमा काम गर्ने आएका हुन्छन् ?

काठमाडौंको उपत्यका लगायतका छिमेकी जिल्ला धादिङ्ग, नुवाकोट, तनहुँ, काभ्रेका अधिक श्रमिकहरु हाम्रोमा काममा आउने गर्दछन् । त्यस्तै इँटा बनाउने श्रमिकहरु प्रायःजसो चाँहि सिन्धुपाल्चोक, काभ्रे पलान्चोक र सर्लाही का अधिक श्रमिक छन् त्यस्तै ढुवानी गर्नका लागि रोल्पा, रुकुम, प्यूठान, सल्यानका अधिक श्रमिक रहेको पाइन्छ । सबैभन्दा बढी पहाडी जिल्लाका दुर्गम भेगका श्रमिक रहेको पाइन्छ । तराई भेगबाट केही श्रमिक आउने र केही श्रमिक चाँहि भारतबाट समेत काममा आउने गरेका छन् । ।

इँटा व्यवसायमा कति व्यक्तिहरु आवद्ध भएर जीविकोपार्जन गरिराखेको अहिलेको अवस्था कस्तो छ ?

अप्रत्यक्ष रुपमा हाम्रो इँटाहरु उनीहरुले किनेर लगे ।

काम गर्ने डकर्मी, सिकर्मी आदि यिनीहरु सबै आफ्नै ठाउँको परेका छन् । तर प्रत्यक्ष रुपमा इँटा उद्योगमै गएर इँटा उद्योगमा कार्यरत जुन इँटा अवाल भट्टाको कुरा छोडेर गरिने आँकडामा २ लाखको हाराहारीमा प्रत्यक्ष काम नै गरेर बसेका छन् । दुई लाख जनतालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ इँटा उद्योगले ।

आधुनिक इँटा उत्पादनको तालिम सकेर आउनुभएको छ । त्यसमा कति इँटा उद्योगी व्यवसायीको सहभागिता रह्यो ?

गैर सरकारी सस्था इसीमोड र नेपाल इँटा उद्योग व्यवसायी महासंघको संयुक्त आयोजनामा सञ्चालित यो तालिम विभिन्न चरणमा विभाजित छ । २०७२ को चैतको अन्तिम साता रुपन्देहीमा सञ्चालित यो तालिम पहिलो चरणको तालिम हो ।

जसमा करिब ४० उद्योगी व्यवसायी साथीहरुको उपस्थिति रह्यो । तीन दिनसम्म चलेको यो तालिममा इँटा उद्योग सञ्चालनका लागि जान्नै पर्ने आधारभूत विषयका बारेमा जानकारी गराइयो । आधुनिक प्रविधिबाट कसरी बढी उत्पादन गर्ने र त्यसले वातावरणमा पार्ने प्रदुषणको मात्रामा कसरी कमी ल्याउन सकिन्छ भन्ने बारेमा व्यवसायीलाई जानकार बनाइयो ।

अहिलेको आधुनिक प्रविधिअनुसारको उद्योग-इँटा उद्योग सञ्चालन गर्नका लागि थुप्रै कुराहरु जान्नुपर्ने हुन्छ । तालिम (टीओटी ) कार्यक्रमको पहिलो चरण सम्पन्न भइसकेको छ ? यसको आधारमा व्यवसायीले जान्नै पर्ने कुरा केके हुन् त ?

इँटा उद्योगी व्यवसायीले सर्वप्रथम कानुनी दायरालाई राम्ररी बुझनुपर्छ । कानुनमा उल्लेख भए अनुसारका मापदण्ड पूरा गरेर मात्र काम गर्न सकिन्छ । त्यस्तै मजदुरलाई आवश्यक पर्ने सेफ्टीका सामान तथा श्रम ऐनले भने बमोजिका कार्य गर्न र गराउनका लागि पनि नीति नियमको बारेमा जानकार बन्नु पर्दछ ।

त्यस्तै व्यवसाय सुरु गर्नु अघि व्यवसाय सुरु गर्ने स्थानको माटो , हावापानी तथा त्यहाँको वातावरणको बारेमा पनि जानकार बन्नु पर्दछ । त्यस्तै व्यवसायीले आफ्नो उद्योग क्षेत्रमा प्राथमिक उपचारका लागि आवश्यक पर्ने फस्टेड बक्सको पनि व्यवस्था गर्नु पर्ने हुन्छ ।

श्रम ऐनले भने बमोजिमका कार्यहरु भइरहेका छन् त इँटा भट्टाहरुमा ?

विस्तारै कार्यान्वयनमा आइरहेको छ । मूलतः कामदारहरु हेलमेट दिँदा पनि लगाउन झ्याउ मान्नेकारणले श्रमिकहरुलाई चेतना जगाउन नै गाह्रो छ । तै पनि हामीले सुरक्षाका सामान प्रयोग गर्नका लागि र गराउनका लागि दबाब दिँदै आएका छौं । सञ्चालक , मजदुर र व्यवस्थापकलाई नै राखेर पनि सेफ्टीका सामानका बारेमा जानकारी दिँदै आएका छौं ।

कुनै श्रमिककको कार्यस्थलमा काम गर्दा गर्दै घटना घटेर अपांग भएमा वा घाइते भएमा त्यसको क्षतिपूर्ति कसरी प्राप्त गर्छन् त मजदुरले ?

इँटा भट्टामा काम गर्दा सामान्य काम गर्ने मजदुरको हकमा विमाको व्यवस्था छैन तर भट्टा भित्रै काम गर्ने मजदुरको अनिवार्य विमाको व्यवस्था गरिएको छ र सामान्य चोट पटक लाग्दा सञ्चालक आफैले यसको खचै बेहार्नु पर्ने व्यवस्था छ ।

इँटा उद्योगी व्यवसायीले भ्याट बिल नदिने गरेको भन्ने गुनासो सुनिन्छ नि ?

हरेक इँटा उद्योगी व्यवसायी अनिवार्य रुपले भ्याटमा नै दर्ता हुनु पर्ने व्यवस्था छ र व्यवहारमा पनि प्रयोगमा आइरहेको छ । यदि कुनै उपभोक्ताले इँटा उद्योगी व्यवसायीले भ्याट दिल नदिएमा तपाई तुरुन्त नजिकको स्थानीय निकायमा जान सक्नु हुन्छ र हामी महासंघलाई पनि जानकारी गराउन सक्नु हुन्छ । हरेक इँटा खरिद गर्दा उद्योगीले भ्याट बिल दिनै पर्छ उपभोक्ताले मागोस् वा नमागोस् ।

प्रकाशितः १४ वैशाख, ०७३

प्रतिक्रिया

Related