युरोप यात्रामा मह जोडी

निर्माण सञ्चार,

काठमाडौं । नेपालका सुप्रसिद्ध हाँस्य कलाकार मदनकृष्ण र हरिवंश ‘मह’ जोडी र मह संचारका अन्य कलाकारहरुको टोली यति बेला युरोप भ्रमणमा रहेको छ । मह टोलीले यूरोपका विभिन्न सहरहरुमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने त्यहाँ पुगेको हो ।

मह टोलीमा मह जोडीका अतिरिक्त युवा कलाकारहरु यमन श्रेष्ठ, मोहित आचार्य, नरेन्द्र कंसाकार र माण्डवी त्रिपाठी लगायत संलग्न छन् । यो टोलीले अहिलेसम्म नर्वे, फिनल्याण्ड, डेनमार्क, पोल्याण्ड, स्विडेन, स्पेनका विभिन्न सहरहरुमा गैरआवासीय नेपाली संघको संयोजनमा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिसकेको छ ।

मह जात्राको यो शृंखला १० जुन २०१६ सम्म रहनेछ । मह संचारको यो टोलिले आगामी दिनहरुमा युरोपका अन्य देशहरु पोर्तुगल, स्विटजरल्यांड, बेल्जियम, अस्ट्रिया, ग्रिस, फ्रान्स, जर्मनी लगायत अन्य देशहरुमा सांस्कृतिक कार्यक्रम आयोजना गर्नेछ ।

यसै अन्तर्गत २४ अप्रिल २०१६ का दिन जर्मनीको फ्रान्क्फार्ट सहरमा आयोजित सांस्कृतिक कार्यक्रम गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक जीवा लामिछानेले गैरआवाशीय नेपाली संघका अन्य पदाधिकारीहरु सहित संयुक्त रुपमा पानसमा बत्ति बालि शुभारम्भ गरेका थिए ।

मह जात्राको यस कार्यक्रममा फ्रान्क्फार्ट सहर र यस वरपरका सहरहरुमा बसोबास गर्ने गैर आवासीय नेपालीहरुको व्यापक सहभागिता रहेको थियो ।

प्रकाशितः १६ वैशाख, ०७३

प्रतिक्रिया

Related