सुन्दरी सोनाक्षी, जेठ १ गते नेपालमा : सेक्सी सोनाक्षीका दर्जन तस्वीर

निर्माण सञ्चार, एजेन्सी बलिउड चर्चित अभिनेत्री सोनाक्षी सिन्हाले काठमाडौंको टुँडिखेलमा प्रस्तुती दिने भएकी छिन् । सोनाक्षीको साथमा बलिउडकै मलाइका अरोरा पनि हुनेछिन् । सैनिक श्रीमती संघ नेपालले आयोजना गर्ने कार्यक्रममा बलिउडका यी दुबै अभिनेत्री काठमाडौं आउने भएका हुन् ।

‘अमरपंक्षी’ नाममा जेठ १ मा काठमाडौंको टुँडिखेलमा गर्न लागेको उक्त कार्यक्रममा नेपालका रेखा थापा, प्रियंका कार्की, निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की नायिकासहित गायिका इन्दिरा जोशीले प्रस्तुती दिने जनाइएको छ ।

झन्डै ५० डान्सरसहितको कोरस रहने बताइएको उक्त कार्यक्रमको पहिलो प्रस्तुती भने गायिका ईन्दिराबाट हुनेछ । कार्यक्रममा अभिनेत्रीहरुको झन्डै २०–२० मिनेटका प्रस्तुती हुने बताइन्छ । कार्यक्रमका लागि सहभागी हुन सोनाक्षी र मलाइका वैशाख ३१ मा काठमाडौं उत्रने बताइएको छ ।

 

तस्बिरमा सोनाक्षी :

 

 

 

 

प्रकाशितः ३० वैशाख, ०७३

प्रतिक्रिया

Related